जन्मदिनकै दिन ‘दिशा’को घरमा भयो नयाँ पाहुनाको आगमन, सामाजिक संजालमा शेयर गरिन यस्तो तस्बिर !

एजेन्सी , बलिउड चलचित्र उद्योगकी हट अभिनेत्रीको नामले परिचित दिशा पाटनीले  हिजो बिहिवार अर्थात् १३ जुनमा आफ्नो २७ औं जन्मदिन मनाएकी छिन। यसै अवसरमा उनको घरमा भएको  पाहुना अर्थात् बिरालोको बच्चाले अझै उनको जन्मदिनलाई यादगार बनाई दिएको छ। दिशाले उक्त बिरालोको एक सुन्दर तस्बिर सामाजिक संजाल इंस्टाग्राम मार्फत शेयर गरेकी छिन।

तस्बिरका साथमा उनले घरमा तिमीलाई स्वागत छ किट्टी भन्दै लेखेकी छिन।  जुन तस्बिरबाट पनि प्रष्ट हुन्छ की दिशा पेट लभर हो भन्ने कुराको। यस तस्बिर शेयर गर्नुभन्दा पहिले उनले आफ्ना शुभ चिन्तकहरुलाई धन्यवाद भनेकी छिन। साथै अभिनेता टाइगर श्राफले पनि दिशालाई जन्मदिनको अवसर पारि शुभकामना दिनका साथै उनका लागि स्पेसल सरप्राईज समेत दिएका थिए।

चलचित्रको सन्दर्भमा कुरा गर्ने हो भने दिशा पछिल्लो समय चलचित्र ‘मलंग’ को छायांकनमा ब्यस्त रहेकी छिन। जुन चलचित्रमा उनका साथ आदित्य राय कपुर र अनिल कपुरको समेत मुख्य भूमिका रहेको छ।  साथै पछिल्लो समय सलमान खान स्टारर भारतमा गरेकी उनको अभिनयले पनि चौतर्फी प्रसंशा बटुलीरहेको छ।

 

 

 

प्रकाशित : शुक्रबार, जेठ ३१, २०७६०७:४०

शुक्रवार नेपाली हलमा ‘प्रेम दिवस’ संगै लाग्यो ‘झट्का’ !