भोलि असार ५ गते बिहिबार, तपाईको दिन कस्तो रहला ? हेर्नुहोस् दैनिक राशिफल !

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

भोलि तपाईलाई उत्तम वस्त्र र भोजन मिल्न सक्ने देखिन्छ। भोलिको दिन तपाईको आफु अनुकुल व्यतित रहने देखिन्छ भने भोलि रमाइलो जमघटमा सहभागी बन्ने अवसर समेत मिल्न सक्ला। भोलि तपाई तन-मनबाटनै स्वस्थ भएको महसुस गर्नु हुने देखिन्छ। भोलि तपाईमा लक्ष्मीजीको अनुग्रह समेत रहन सक्ला। मित्र वर्ग तथा शुभेच्छुकबाट भोलि उपहार समेत प्राप्त हुनेछ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

भोलि विदेशमा रहनु हुने आफन्तजनको तर्फबाट शुभ समाचार मिल्नेछ। साथै भोलि प्रेमीबाट उपहार पनि मिल्न सक्ला। भोलि तपाईलाई अनेक रूपबाट लाभ मिल्न सक्ला। भोलि तपाईको दिन राजनीतिक कार्यमा व्यतित रहन सक्ला भने भोलि तपाईलाई कानुनी कार्यमा समेत लाभ मिल्न सक्ला। उत्तम भोजन समेत मिल्न सक्ला। भोलि मिहिनेतले नाम, दाम र इनाम मिल्न सक्ला।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

भोलि खानपानको असावधानीले स्वास्थ्यलाई हानि पुर्याउन सक्ला। व्यवहारमा पनि व्यग्रता हुन दुख पाइनेछ। भोलि तपाईले कुनै पनि आर्थिक कार्य गर्दा सावधान रहनु पर्नेछ। पारिवारिक सम्बन्ध नबिग्रियोस् भन्नको लागि सजक रहनु होला। निर्णयशक्तिको अभावको कारण हातबाट ठूलै योजना उम्किनेछ। पहिलेका समस्या दोहोरिनाले अलमलमा परिएला।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

भोलिको दिन तपाईको लागि मध्यम फलदायी सावित हुनेछ। भोलि नयाँ कार्य थालनीको लागि दिन खासै शुभ देखिँदैन। तर आर्थिक व्यवसाय र कार्यहरु राम्रैसँग सफल हुनेछन्। भोलि अध्ययनमा सफलता प्राप्त हुन सक्ला। भोलि जागिरेहरुको लागि भने दिन खासै शुभ देखिँदैन। आफ्नो बोलि र व्यवहारमा समानता राख्न कोशिश गर्नु होला।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) )

भोलिको दिन साविक भन्दा उपलब्धिमुलक रहने देखिन्छ। भोलि तपाईको भाग्य वृद्धि हुन सक्ला भने भोलि तपाईको मान-सम्मानमा पनि वृद्धि हुन सक्ने देखिन्छ।भोलि तपाईको कार्यशैलीको प्रसंशा पनि हुने देखिन्छ। भोलि तपाईको शत्रु पराजित हुने दिन परेको छ। भोलि तपईलिया आकस्मिक धन लाभ मिल्न सक्ने देखिन्छ भने भोलि कानुनी कार्यमा पनि एस्सफलता मिल्न सक्ला।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

भोलि तपाईलाई परिश्रम अनुसारको फल मिल्न गार्है पर्न सक्ला। भोलिको दिन तपाईको स्वास्थ्यमा व्यग्रता अनुभव गर्नु हुने देखिन्छ। भोलि तपाईलाई परिश्रम परे पनि कम प्रतिफल मिल्नाले मानसिक चिन्ता बढेर जाने देखिन्छ। भोलि तपाईले सकेसम्म आर्थिक लेनदेन बाट टाढा रहनु पर्ने देखिन्छ। भोलि तपाईको बिना कारण झगडा पर्न सक्ने हुँदा सजक रहनु होला। आम्दानीका श्रोत समेत गुम्न सक्लान।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

भोलि तपाईको शरीरमा स्फूर्तिको कमि रहन सक्ला। भोलि तपाईको मन चिंताग्रस्त र दुविधायुक्त रहन सक्ला। भोलि कुनै पनि निर्णय गर्नु भन्दा अगाडी परिवारसँग सहयोग र परामर्श गर्नु भएको उचित हुनेछ। भोलि महत्त्वपूर्ण कार्य शुरु गर्नको लागि दिन शुभ देखिंदैन। भोलि तपाईले व्यवसायमा सरकारी अवरोधको सामना गर्नु हुने देखिन्छ। भोलि तपाई राजनीतिक रुपमा पनि असफल रहनु हुनेछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

भोलि तपाईको आवाजको प्रभावको बढेर जाने देखिन्छ भने भोलि तपाईको रोकिएको कार्य पनि सुचारु हुने देखिन्छ। भोलि तपाईको नयाँ कार्य थालनीको लागि शुभ देखिन्छ भने भोलि तपाईको कलाको क्षत्रमा पनि लाभ मिल्न सक्ने देखिन्छ। भोलि तपाईको सानो प्रयत्नले पनि ठूलो काम सम्पन्न हुन सक्ला। विदेशबाट शुभ समाचार आउन सक्ने भोलिको दिन तपाइको शुभ बितेर जाने देखिन्छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

भोलि तपाईमा निर्णयशक्तिको कमि हुने देखिन्छ। आकस्मिक समस्याले शरीरमा कमजोरी अनुभूति हुनेछ। स्वास्थ्यले साथ नदिँदा तपाईको दैनिकीमा प्रभाव हुन सक्ला। भोलि आफ्नैहरुसँग मनमुटाब हुनेछ। सकेसम्म भोलि तपाईले यात्रा नगर्दानै उचित होला। परिस्थितिवश अरूका लागि अलमलिनुपर्नसक्ला। व्यवसायमा सन्तोषजनक लाभ नहुँदा मानसिक तनाव बढ्न सक्ला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

सामाजिक र अन्य क्षेत्रहरु भोलि तपाई सम्मान प्राप्त गर्नु हुने देखिन्छ। मिहिनेतीहरूका लागि भोलि समय निकै उत्साहजनक रहन सक्ला। धेरै समय देखि अड्किएका योजना सुचारु हुनेछन्। आफन्तबाट पनि भोलि राम्रै सहयोग प्राप्त हुन सक्ला। पराक्रमद्वारा अधिकार स्थापित गर्न सफल भैनेछ। मौका पर्खंदा स्थितिमा सुधार आउन सक्ला।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

भोलिको दिनमा तपाई धेरै सावधान रहनु पर्ने देखिन्छ। कुनै पनि निर्णय गर्नु भन्दा अगाडी परिवारमा सल्लाह गरेर मात्र अगाडी बढ्नु भएको उचित हुनेछ। कमजोरीका बेला कामको चाप बढ्नाले शारीरिक रुपमा मात्र नभई मानसिक रुपमा तनाव बढ्नेछ। पहिलेका समस्या दोहोरिनाले तपाई भोलि अलमलमा पर्नुहुनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

भोलि सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। आर्थिक रुपमा मात्र नभई भोलिको दिन तपाईको हरेक तरिकाबाट सुखद बित्नेछ। सोचे अनुसार दिन बित्ने हुँदा स्वास्थ्यले पनि साथ दिनेछ। प्रेमीसँग यात्रा रहन सक्ने भोलिको दिनमा उपहार पनि मिल्नेछ। भोलि अतिथिको रूपमा राम्रै सत्कार प्राप्त हुन सक्ला। अध्ययनमा रुची बढ्नेछ।

प्रकाशित : बुधबार, असार ०४, २०७६१४:०९

भोलि असार ६ गते शुक्रवार, तपाईको दिन कस्तो रहला ? हेर्नुहोस् दैनिक राशिफल !