काठमाडौंमा बस दुर्घटना हुँदा सहचालकको ज्यान गयो, २० घाइते !

काठमाडौँ – बिहिबार काठमाडौंको गोकर्णमा भएको एक सडक दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्।

गाेकर्णकाे इटिचोकमा बा १ ख ८७४४ नम्बरको बस दुर्घटनाग्रस्त हुँदा बसका सहचालकको मृत्यु भएको हो। मृत्यु हुनेमा काठमाण्डौ सुन्दरीजलका सागर कुँवर रहेका छन्।

महानगरीय प्रहरी वृत्त बौद्धका अनुसार अनियन्त्रित भइ पल्टिएर दुर्घटना भएको हो। पल्टँदा बसले किचेपछि सहचालकको मृत्यु भएको प्रहरीले जनाएको छ।

घाइतेहरुको अहिले नेपाल मेडिकल कलेज जाेरपाटीमा उपचार भइरहेको छ।

प्रकाशित : बिहिबार, असार ०५, २०७६०९:४४

रेशम चौधरीलाई साङ्लो लगाउनेलाई कारवाही गर्न प्रधानमन्त्रीको निर्देशन