भोलि असार ६ गते शुक्रवार, तपाईको दिन कस्तो रहला ? हेर्नुहोस् दैनिक राशिफल !

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

भोलिको दिन तपाईको धेरै आरामदायक रहने देखिन्छ भने भोलि तपाईको यात्रा पनि सफल भएर जाने देखिन्छ। भोलि तपाईको कार्य शैलीका कारण उच्च पदाधिकारी प्रसन्न हुने देखिन्छ। भोलि तपाईलाई प्रमोशन समेत मिल्न सक्ला। उच्चाधिकारिसँग महत्त्वपूर्ण विषयमा चर्चा हुने देखिन्छ। परिवारले भोलि तपाईलाई साथ दिन सक्लान्।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

भोलिको दिन तपाईको दिन धेरै लाभप्रद रहने देखिन्छ। चुनौतीपूर्ण कामको दायित्व लिनाले धेरै परिश्रम गर्नु पर्ला तर भोलि तपाइलाई हरेक कार्यमा सफलता भने पक्कै मिल्न सक्ला। साथीहरू भेटघाटबाट लाभ मिल्न सक्ला। भोलि तपाईलाई रोजगार र व्यापार वृद्धि हुनेछ। साथै विदेशबाट सुसमाचार मिल्न सक्ला।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

भोलि खानपानको असावधानीले स्वास्थ्यलाई हानि पुर्याउन सक्ला। व्यवहारमा पनि व्यग्रता हुन दुख पाइनेछ। भोलि तपाईले कुनै पनि आर्थिक कार्य गर्दा सावधान रहनु पर्नेछ। पारिवारिक सम्बन्ध नबिग्रियोस् भन्नको लागि सजक रहनु होला। निर्णयशक्तिको अभावको कारण हातबाट ठूलै योजना उम्किनेछ। पहिलेका समस्या दोहोरिनाले अलमलमा परिएला।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

भोलि तपाई स्थायी सम्पत्तिमा देखिएको विवाद सुल्झाउन सफल रहनु हुने देखिन्छ । भोलि तपाईलाई निर्यात-आयात सम्बन्धि कार्यमा पनि भनेको जस्तै लाभ मिल्न सक्ला। अध्ययनमा सफलता मिल्न सक्ला। तर भोलि तपाईलाई परिवारबाट भने खासै सहयोग नमिल्ने देखिन्छ। भोलि साँझ भने लेनदेन गर्दा संयम रहनु होला।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) )

भोलि तपाईको शारीरिक स्वास्थ्य खासै राम्रो नहुने देखिन्छ भने भोलि तपाईको कार्य सफल नहुनाले मानसिक चिन्ता पनि बढ्न सक्ला। शरीरमा ऊर्जाको कमि हुने देखिन्छ। भोलि आर्थिक लेन-देनको समयमा पनि संयमता अपनाउनु होला। कानुनी कार्य देखि पनि तपाईले संयमता अपनाउनु पर्ने देखिन्छ। टाढाको यात्रा नगर्नु होला।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

भोलि तपाईलाई अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुन सक्ला। खान-पानमा ध्यान दिनु होला। भोलि तपाईको परिवारको एस्स्वास्थ्यको कारण चिन्ता बढ्न सक्ला भने सार्वजनिक जीवनमा पनि तपाईलाई मान-हानिको दुख खेप्नु पर्ने देखिन्छ। भोलि तपाई कानुनी कार्य देखि पनि टाढा रहनु पर्ने देखिन्छ भने अचल सम्पतिको कार्य देखि पनि टाढा रहनु होला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

भोलि तपाईले आफ्नो खर्चमा नियन्त्रण राख्नु पर्ने देखिन्छ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय भएकाले बोली-व्यवहारमा नियन्त्रण राख्नु पर्ने देखिन्छ। तर भोलि तपाईमा आत्मविश्वास बढ्न सक्ला। भोलि तपाईको शारीरिक र मानसिक स्वास्थ्य मध्यम हुनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुन सक्ला।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

भोलि तपाईको शरीरमा स्फूर्ति बढेर जाने देखिन्छ भने भोलि तपाईको मनलाई पनि शान्ति मिल्न सक्ला। भोलि तपाईको निर्धारित कार्य पनि समयमा सम्पन्न हुनाले सम्मान मिल्ने देखिन्छ। तर भोलि तपाईले आफ्नो परिवारसंगको सम्बन्धमा भने धेरै ध्यान दिनु पर्ने देखिन्छ। भूमि र वाहनको खरिदमा पनि एस् संयम रहनु होला।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

भोलि तपाईको काममा केही अलमल तथा ढिलासुस्ती हुने देखिन्छ भने भोलि तपाईले आर्थिक मन्दीको समेत सामना गर्नु पर्ने देखिन्छ। भोलि तपाईले परिवारबाटै अवरोधको सामना गर्नु पर्न सक्ला। भोलि तपाईले पूंजीगत लगानीको लागि अगी नबढेकै उचित रहन सक्ला। गृहिणीहरूले मानसिक असफलताको सामना गर्नु पर्ने देखिन्छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

भोलि तपाईमा एकाग्रता बढेर जाने देखिन्छ भने भोलि तपाईको हरेक कार्य समयमा सम्पन्न हुने देखिन्छ। भोलि तपाईमा उर्जा समेत भरिपुर्ण रहने देखिन्छ। तर भोलि अल्पकालीन लाभ लिने शुरमा दिर्घकालिन लाभ भने गुमना सक्ला। भोलि तपाईको यात्रा सफल हुने देखिन्छ भने भोलि तपाईको स्वास्थ्य समेत राम्रै रहन सक्ला

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

भोलि तपाईको जो-कोहीसँग पनि टकराव हुने दिन परेको छ। भोलि तपाईलाई स्वस्थाले खासै साथ नदिने देखिन्छ भने भोलि प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनु पर्न सक्ला। विश्वास गरेकाले धोका दिन सक्ने हुँदा संयम रहनु भएको उचित हुने देखिन्छ। प्रेम सम्बन्ध बिग्रनाले मानसिक रुपमा चिन्ता बढ्न सक्ला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

भोलिको दिन तपाईको मनोरंजन केन्द्रित रहने देखिन्छ। साथै भोलि तपाईको खर्च पनि धेरै बढेर जाने देखिन्छ। भोलि प्रेम सम्बन्धमा सामिप्यता बढेर जान सक्ला। भोलि तपाईको मिहिनेत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ। लक्ष्यअनुसार काममा भिज्नाले सफलता मिल्ने हुँदा भोलि तपाईलाई मानसिक शुख पनि मिल्ने देखिन्छ।

प्रकाशित : बिहिबार, असार ०५, २०७६१४:२४

भोलि असार १० गते मंगलबार, तपाईको दिन कस्तो रहला ? हेर्नुहोस् दैनिक राशिफल !