६ कक्षामा पढ्ने बालकले घरमै लगाए पासो !

काठमाडौँ – ललितपुरमा एक बालकले आइतवार आफैलाई पासो लगाएका छन् । ललितपुर स्थिति बागमती गाउँपालिका ११ वर्षीय बालकले पासो लगाएर आफ्नै ज्यान लिएका हुन्।

पासो लगाएर आफ्नै ज्यान लिने बालक बागमती गाउँपालिका माल्टा २ का समिर लुङ्वा रहेको बताइएको छ। प्राप्त जानकारी अनुसार लुङ्वा स्थानीय कालीदेवी माविको ६ कक्षामा अध्ययनरत थिए।

लुङ्वाको गोजीमा एक पत्र समेत फेला परेको र नोटमा उनले परिवार साथै विद्यालयमा हेपिएको कारण ग्लानी भएर प्राण त्यागेको उल्लेख गरेको बताइएको छ।

घटनास्थल पुगेको प्रहरीले मुचुल्का उठाई शव पोस्टमार्टमको लागि पाटन अस्पताल ल्याउने तयारी गरिरहेको छ।

प्रकाशित : आइतबार, असार ०८, २०७६१४:२२

१४ जनाले गरे दुई युवतीको सामूहिक बलात्कार, प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक पक्राउ