१४ जनाले गरे दुई युवतीको सामूहिक बलात्कार, प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक पक्राउ

सांकेतिक तस्बिर

काठमाडौँ, रुपन्देहीको गैडहवा गाउँपालिकामा दुई युवतीको सामूहिक बलात्कार भएको छ । १४ जनाको समूहले दुई युवतीको सामूहिक बलात्कार गरेको सातापछि मात्र उजुरी परेपछि घटनामा संलग्न भएको आरोपमा प्रधानमन्त्री रोजगार कार्यक्रमका गैंडहवाका संयोजक जीवन ज्ञवालीसमेत पक्राउ परेका छन् ।

जाहेरीअनुसार उनीहरु स्थानीय विष्णु थारु चौधरीसँग गैडहवा ९ नागेश्वरीचोकमा खाजा खाएर फर्किने क्रममा बलात्कृत भएका हुन् । घटनास्थलमा हसनापुरका ५ युवाहरु घटनास्थल पुग्दा त्यहाँ अरु ८ – १० जना युवाहरु जम्माभै सकेका थिए भने ति युवाहरुले उद्दारको साटो सामूहिक बलात्कार गरेको पीडितको दाबी छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी धर्मराज भण्डारीका अनुसार घटनास्थलमा पुगेका गाउँका १४ जना युवा तथा पुरुषले युवतीलाई जोगाउनुको साटो बलात्कार गरेको खुलेको बताउँछन् ।  उद्दारका लागि गएका जीवन ज्ञवालीले पनि संलग्न रहेको जाहेरीमा उल्लेख भएपछि पक्राउ परेका हुन्  । ज्ञवालीले आरोप अस्वीकार गरेका छन् ।दुवै युवतीको स्वास्थ्य उपचारभै रहेको र  स्थिति अवस्था सामान्यमा रहेको प्रहरीले जनाएको छ ।

घटनाको मुख्य दोषी मानिएका चौधरी अहिले फरार छन्  भने अन्य१२ युवाको पहिचान हुन सकेको छैन ।

प्रकाशित : सोमबार, असार ०९, २०७६१६:०९

जङ्गलमा घाँस काट्न गएको मौका छोपी चार–पाँच जना मिलेर करणी !