चलचित्र ‘मेन्टल है क्या’ मा पहिलो पटक यस्तो भूमिकामा देखिदै राजकुमार राव !

एजेन्सी , कंगना रौनत र राजकुमार राव अभिनित चलचित्र ‘मेन्टल है क्या’ को २६ जुलाईलाई प्रदर्शन मिति तय गरिएको छ। चलचित्रको प्रदर्शन मिति नजिकिदै गर्दा दर्शकहरु चलचित्रलाई लिएर उत्साहित रहेका छन। लगातार रुपमा चलाचित्रज्को नया नया पोस्टर सार्वजनिक हुदै गर्दा चलचित्रमा राजकुमार र कंगनाको भूमिका के त भन्ने बिषयमा सबैमा कौतुहलता जागेको छ। चलचित्रको तस्बिर र पोस्टर हेरेर ‘इंडियन साइकायट्रिक सोसायटी’ का डाक्टरहरुले आपत्ति जनाएका छन। आईपीएसलके चलचित्र विकास बोर्डमा चलचित्रको पोस्टरमा मनोरोगका सम्बन्धमा नकारात्मक रुपमा पेश गरेको  भन्दै पत्र पठाएका छन।

यस पश्चात सेन्सर बोर्ड ले चलचित्रको नाम परिवर्तन गर्न सुझाव दिएको छ। यसै विवादका कारणले नै चलचित्रको ट्रेलर हाल सम्म रिलिज गरिएको छैन। यसै बिच चलचित्रमा अभिनेता राजकुमार रावले निर्वाह गरेको भूमिका पनि सार्वजनिक गरिएको छ। रिपोर्टका अनुसार यस चलचित्रमा राजकुमारले पहिलो पटक नेगेटिभ भूमिकामा प्रस्तुत हुदै छन।  उनि चलचित्रमा सिरियल किलरको रुपमा समेत देखिदै छन।

राजकुमारको कंगनासंगको यो दोस्रो चलचित्र हो यस भन्दा अघि यी सन् २०१४ मा प्रदर्शनमा आएको चलचित्र ‘क्विन’मा एकसाथ देखिएका थिए। एकता कपुर निर्माता रहेको उक्त चलचित्रलाई प्रकाश कोवेलामुडीले निर्देशन गरेका हुन्। चलचित्र ‘मेन्टल है क्या’ राजकुमार र कंगना दुवैलाई मानसिक रोगीको रुपमा देखाईएको छ। चलचित्रमा राजकुमार र कंगनाको अलावा अमायरा दस्‍तूर पनि मुख्य भूमिकामा रहेका छन।

 

 

 

प्रकाशित : बुधबार, असार ११, २०७६०६:४०

साहिदको ‘कबिर सिंह’ ले गर्यो ५ दिनमै १०० करोड क्लबमा प्रवेश !