भोली असार १२ गते बिहिवार तपाईको दिन कस्तो रहला ? हेर्नुहोस् दैनिक राशिफल !

भोली बिक्रम संवत २०७६ साल असार महिनाको १२ गते बिहिवार तद अनुसार सन् २०१९ जुन २७ तारिख , तपाईको दिन कस्तो रहला कसरी बित्ला हेर्नुहोस भोलीको राशिफल !

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)

कुनै पनि कार्यमा अधिक लाभ पाउने अपेक्षा नराख्दा नै राम्रो हुनेछ।  अनावश्यक बादविवाद र मुद्धा मामलामा नाफस्दा नै राम्रो हुनेछ।  मानसिक रुपमा एकाग्रता कम भएर जानेछ।  स्वास्थ्यमा बिशेष सावधानी अपनाउनु पर्ने देखिन्छ। मध्यान्ह पश्चातको समयमा भने परिवारमा खुसियाली छाउने छ।  आकस्मिक धनलाभ भएर जानेछ।  धार्मिक कार्यमा मन जानेछ।

वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)

सन्तान सुखको अनुभूति मिल्नेछ।  लामो समयदेखि टाढा रहेका मित्र भेट हुने छ। व्यापार व्यवसायको क्षेत्रमा आर्थिक लाभ हुने सम्भावना रहेको छ। मध्यान्ह पश्चात भने शारीरिक तथा मानसिक स्वास्थ्यमा समस्या देखिने छ।  अनावश्यक बादविवादमा फस्ने सम्भावना रहेको छ। धार्मिक कार्यको पछाडी धन खर्च भएर जानेछ।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,ह)

व्यवसायिक क्षेत्रमा उच्च अधिकारीको साथ र सहयोग प्रसस्त मात्रामा प्राप्त हुनेछ।  ब्यापारमा आर्थिक लाभ हुने सम्भावना रहेको छ। सामाजिक कार्यमा सहभागी हुने अवसर प्राप्त हुनेछ।  धार्मिक कार्यमा मन जानेछ। आकस्मिक धनलाभ हुन सक्ने सम्भावना रहेको छ।

कर्कट (हि,हु,हे,हो,डा,डि ,डु,डे,डो)

बाणी तथा व्यवहारमा बिशेष सतर्क रहनु पर्ने छ। शारीरिक अस्वस्थता र मानसिक चिन्ताले सताउने छ।  व्यापार व्यवसायको क्षेत्रमा बाधा अड्चन आउन सक्ने सम्भावना रहेको छ।  तर मध्यन्न्ह पश्चातको समयमा भने व्यवसायिक दृष्टिले लाभदायक मान्न सकिन्छ।  अचानक धनलाभ हुने सम्भावना रहेको छ।  स्वास्थ्य अनुकुल रहने छ।

सिंह (म,मि,मु,मे,मो,ट,टि,टु,टे)

स्वास्थ्यमा समस्या देखिन सक्ने भएकाले खानपानमा बिशेष सावधानी अपनाउनु पर्ने देखिन्छ। सरकारी कार्यमा सोचे अनुरुपको सफलता प्राप्त हुने छैन। परिवारका साथमा अनावश्यक कलह र झैँ झमेलाको स्थिति सिर्जना हुन सक्नेछ। मनमा नकारात्मक भाव आउनबाट बच्नु पर्नेछ।  इश्वरभक्ति र आध्यात्ममा मन लगाउनाले हरेक समस्याबाट मुक्ति पाउन सकिने छ।

कन्या (टो,प,पी,पु,ष,ण,ठ,पे,पो)

दिनको सुरुवाती समयमा स्वादिष्ट भोजनको अनुभूति मिल्नेछ। मनोरन्जनात्मक कार्यमा पछाडी समय व्यतित हुनेछ। व्यापार व्यवसायमा लाभ मिल्नेछ।  तथापी मध्यान्ह पश्चात भने समय प्रतिकुल रहेको छ। स्वास्थ्यमा समस्या देखिन सक्ला। आकस्मिक धनलाभ हुने सम्भावना समेत रहेको छ।  समग्रमा भोलीको लागि कन्या राशी हुने हरुका लागि मध्यम फलदायी रहेको छ।

तुला (रा,री,रु,रे,रो,त,ति,तु,ते)

दृढ मनोबल र आत्मविश्वासका साथमा अगाडी बढ्नाले हरेक कार्यमा सफलता प्राप्त हुनेछ।  पारिवारिक जीवनमा सुख शान्ति छाउने छ।  स्वास्थ्य अनुकुल रहेको छ।  परिवार तथा आफन्तका साथमा घुम्न जाने अवसर मिल्नेछ।

 वृश्चिक (तो,ना,नि,नु,ने,नो,य,यी,यु)

शारीरिक तथा मानसिक रुपमा अस्वस्थताको अनुभूति हुनेछ। बिद्यार्थीवर्गका लागि पढाई लेखाईको क्षेत्रमा सफलता प्राप्त हुनेछ।  बौद्धिक एवम सिर्जनात्मक कार्यमा मन जानेछ। घरायसी वातावरणमा सुख शान्तिको अनुभूत हुनेछ। प्रतिस्पर्धाका बिचमा सफलता हात लागि हुने समय रहेको छ।

धनु (ये,यो,भ,भि,भु,ध,फ,ढ,भे)

परिवारमा सुख शान्ति र समृद्धि स्थापित गराई राख्नका लागि अनावश्यक मनमुटावमा नाफस्दा नै राम्रो हुनेछ। धन तथा मान प्रतिष्ठामा हानी हुन सक्ने सम्भावना रहेको छ।  बौद्धिक कार्यमा सफलता मिल्ने देखिन्छ। बिद्यार्थी वर्गका लागि समय अनुकुल रहेको छ। दाजुभाईका साथमा आपसी सदभाव र सर सहयोग प्राप्त हुनेछ।

मकर (भो,ज,जी,जु,जे,जो,ख,खि,खु,खे,खो,ग,गी)

महत्वपुर्ण निर्णय लिनु अघि बिशेष सोच विचार पुर्याउनु पर्ने छ। अचानक मित्रभेट हुने सम्भावना रहेको छ।  छोटो दुरीको यात्रा हुन सक्ने सम्भावना रहेको छ। भाई बन्धुका साथमा निकटताको अनुभूति हुनेछ। धन तथा मानहानी हुने सम्भावना रहेकाले सावधान रहनुपर्ने छ। माताको स्वास्थ्यमा समस्या देखिन सक्नेछ।  समग्रमा मकर राशी हुनेहरुका लागि भोलिको दिन शुभ फलदायी रहेको छ।

कुम्भ (गु,गे,गो,स,सी,सु,से,सो,द)

बोलीको नकारात्मक प्रभाव पर्न सक्ने भएकाले बाणी तथा व्यवहारमा बिशेष संयमितता अपनाउनु पर्ने देखिन्छ।  मनमा नकारात्मक भावना आउनबाट बच्नु पर्नेछ। खानपानमा बिशेष सावधान रहनुपर्ने छ। रचनात्मक एवम सिर्जनात्मक कार्यमा मान सम्मान प्राप्त भएर जानेछ।

मीन (दी,दु,थ,झ,ञ,दे,दो,च,ची)

शारीरिक एवम मानसिक स्वास्थ्य अनुकुल रहनेछ। नया कार्यको शुभारम्भ गर्ने उपयुक्त समय रहेको छ।  परिवारमा खुसियाली छाउने छ। धार्मिक कार्यका पछाडी धन खर्च भएर जानेछ।  आर्थिक कारोवार गर्दा बिशेष सावधानी अपनाउनु पर्नेछ। स्वास्थ्य सामान्य रहनेछ। लामो तथा छोटो दुरीको यात्रा हुन सक्ने अधिक सम्भावना रहेको छ।

प्रकाशित : बुधबार, असार ११, २०७६१४:२७

भोली असार १३ गते शुक्रवार तपाईको दिन कस्तो रहला ? हेर्नुहोस् दैनिक राशिफल !