के काँच /शिशा फुट्नु साँच्चै अशुभको संकेत हो ? के भन्छ त वास्तु , हेर्नुहोस !

ऐनाको प्रयोग अनुहार हेर्नका लागि मात्र नभई घरको सुन्दरता बढाउनका लागि पनि गर्ने गरिन्छ। कहिले कहिँ अचानक हातबाट काँच चिप्लिएर फुट्ने सम्भावना रहन्छ। चर्किएको या फुटेको काँचका सामानहरु घरमा राख्नुलाई अशुभ मान्ने गरिन्छ। यसै सन्दर्भमा आज हामी काँच या शिशासंग जोडिएका केहि कुराहरुको बारेमा बताउन गईरहेका छौं जुन कुरा अधिकांशलाई थाहा नहुन सक्छ आउनुहोस।

-मान्यता रहे अनुसार काँच फुट्नाले ७ बर्षसम्म दुर्भाग्य भित्र्याउने बिश्वास गरिन्छ। प्राचिन कथाका अनुसार काँचको भित्र आत्माको कैद गर्न सक्ने शक्ति रहेको हुन्छ, जब उक्त काँच फुट्छ तब उक्त व्यक्तिमा आत्माको अंश रहेको हुन्छ जसले गर्दा घरमा नकारात्मकता भित्रिने अधिक सम्भावना रहन्छ। जानकारीका अनुसार रोमन सभ्यता अनुसार काँचको भित्रपट्टी देखिने आकृति आत्मा हो भनेर दाबी गर्ने गरेको पाइन्छ।

-शिशाको निर्माण भएको अवधिमा यसलाई अमुल्य मान्ने गरिन्थ्यो यसै कारणले गर्दा रोमनका मानिसहरुले काँचलाई सुरक्षित साथ राख्नुपर्ने र यो टुटेको फुटेको खण्डमा सात बर्षसम्म अहंकार र दुर्भाग्य हुने मान्यता रहेको छ। त्यसैले गर्दा काँचको प्रयोग गर्दा बिशेष सावधानी पुर्वक प्रयोग गर्नु आवश्यक रहेको छ।

-रोमन शास्त्र  मात्र नभई वास्तुशास्त्रले पनि काँच टुट्नुलाई अशुभ मान्ने गरेको छ। यदि घरमा यस्ता खालका टुटे फुटेका काँच या शिशाहरु छन भने तुरुन्तै हटाईहाल्नु आवश्यक छ।

ऐनासंग जोडिएका वास्तुसम्बन्धी टिप्स

-वास्तुका अनुसार ऐना सदैव उत्तर या पुर्व दिशामा राख्नु पर्दछ। जसले गर्दा घरमा सुख शान्ति छाउनुका साथै आर्थिक मन्दीले पनि सताउने छैन।

-कतिपय मानिसको स्वभाव बिहान उठेर ऐना हेर्ने हुन्छ, विशेषगरी महिलाहरु।  बिहान उठ्नासाथ ऐना हेर्नु वास्तुका अनुसार  अत्यन्तै गलत रहेको बताईएको छ। यसले मनमा नभई घरमा नकारात्मक उर्जाको संचार गराई दिनचर्यामा पनि असर पार्न सक्छ।

-यदि घर या अफिसमा दक्षिण , पश्चिम , दक्षिण पुर्व या दक्षिण पश्चिम दिशामा ऐना राखिएको छ भने त्यसलाई तुरुन्तै हटाईहाल्नु आवश्यक रहेको छ। अन्यथा दैनिक कार्यमा रुकावट आउने सम्भावना रहन्छ।

-नियमित सुत्ने ओछ्यानका नजिक ऐना राख्नुलाई पनि  शुभ मानिदैन किनकि यसले पति पत्नीको सम्बन्धमा नकारात्मक असर पर्दछ।  यदि बेडरुममा ऐना राख्नै परेको खण्डमा बेडरुमको दक्षिण कुनामा राख्नु आवश्यक छ।

– भुलेर पनि घरको मुख्य द्वारमा शिशा राख्नु हुदैन। यसले गर्दा घरमा नकारात्मक शक्तिको वास हुने सम्भावना रहन्छ। यसका साथै मुख्य ढोकाका सामु कुनै पनि चमकदार बस्तु पनि राख्नु हुदैन।

 

 

 

 

प्रकाशित : बिहिबार, असार १२, २०७६०७:३५

आज राती सुर्यग्रहण लाग्दै , यसको प्रभावबाट बच्नका लागि अपनाउनुहोस यी उपाय !