बनेपाको व्यस्त बजारमा पनि महिलामाथि सुई-प्रहार

काभ्रे : बनेपाको ब्यस्त बजारमा हिडिरहेकी ३४ बर्षीया युवतीलाई हातमा सुई हानेर अर्की युवती फरार भएकी छिन् । मंगलबार राति सवा ८ बजे घर फर्कँदै गर्दा बाटोमा उनलाई अपरिचित युवतीले धक्का दिदै हातमा सुई हानेर फरार भएकी हुन् ।

‘विहान उठ्दा समेत हात दुख्न छाडेन’–ती युवतीले भनिन्–‘हात मर्काउँदै एक्सरसाईज गर्दा त झन सुन्निए आयो । तत्कालै नाला दोबाटोमा रहेको मेडिकलमा गएँ । मेडिकलमा किराले टोकेर सुन्निको होकी भनेर जिज्ञासा राख्दा मेडिकलवालाले किराले टोकेको प्वाल नभई सियो घोपेको जस्तो देखियो भनेपछि म आतिएँ । यो समाचार नेपाल समाचारपत्र राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित छ। समाचार मोतीराम तिमल्सिनाले लेखेका हुन्।

तत्कालै उहाँले नै टेकु जानु भन्नु भयो ।’ ‘टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आधा दर्जन डाक्टरहरुले सिविसि, आरएफटी, एलएफटी, एचविएसएजी, एचसिभी, एचआईभी एड्स लगायतका जाँच गर्नु भयो र तत्कालै एचआईभी एड्स विरुद्धको औषधी खान दिनु भयो’–युवतीले भनिन–‘प्रहरीले पनि अनुसन्धान शुरु गरेको छ ।

काठमाडौमा यस्ता धेरै घटना भएकाले सचेत रहन प्रहरीले उनलाई आग्रह गरेको छ । २८ दिनसम्म नियमित औषधी सेवन गर्न चिकित्सकहरुले उनलाई सुझाएका छन । ती युवतीको रगत परीक्षणको प्रतिवेदन आज विहीबार आउने भएको छ ।

प्रकाशित : बिहिबार, असार १२, २०७६०४:४४

आजबाट प्रसारण हुदै ‘नेपाल लोक स्टार’, बिजेताका लागि ५० लाख नगद !