अर्जुनको जन्मदिनमा मलाईकाले गरिन प्रेम स्विकार !

एजेन्सी , पछिल्लो समय बलिउड अभिनेता अर्जुन कपुर र अभिनेत्री मलाईका अरोराको प्रेम प्रसङ्गलाई लिएर चर्चा हुन थालेको छ। हरेक सार्वजनिक कार्यक्रममा एक आपसमा संगै हुने गरेको भए पनि औपचारीक रुपमा भने यी दुईले आफ्नो प्रेमको खुलासा गरेका थिएनन। यसै बिच अभिनेता अर्जुनको जन्मदिनको अवसर पारेर मलाईकाले अर्जुनको हात समाएको तस्बिर सामाजिक संजाल मार्फत शेयर गर्दै प्रेमको स्विकार गरेकी छिन।

मलाईकाले यस तस्बिर आफ्नो इंस्टाग्राम अकाउंट मार्फत शेयर गरेकी हुन्। तस्बिरका साथ साथमा उनले ‘जन्मदिनको धेरै धेरै शुभकामना मेरो क्रेजी , फन्नी र अमेजिङ्ग अर्जुन कपुर माया र खुसि सधै तिमीसंग’ भन्दै क्याप्सनमा लेखेकी छिन। क्याप्सनमा उनले अर्जुनका लागि खुलेर आफ्नो प्रेमरुपी शब्द व्यक्त नगरेको भएता पनि तस्बिरमा उनलाई अर्जुनको हात समाएर लजाईरहेकी देख्न सकिन्छ।

केहि समय अघि मात्र बिवाह हुने हल्ला रहेको यी दुईको तत्काल बिवाह नहुने र यो सब हल्ला मात्र रहेको कुरा अर्जुनका पिता बोनी कपुरले जानकरी दिएका छन।

 

 

 

 

 

प्रकाशित : बिहिबार, असार १२, २०७६०६:४९

‘जाइरा’ को ‘आँखैले बोल्छ’ बोलको गीतमा रोमान्टिक बनेका अनुप र नम्रता [भिडियो सहित ]