भोली असार १३ गते शुक्रवार तपाईको दिन कस्तो रहला ? हेर्नुहोस् दैनिक राशिफल !

भोलि बिक्रम संवत २०७६ साल असार महिनाको १३ गते शुक्रवार तद अनुसार सन् २०१९ जुन २८ तारिख , तपाईको दिन कस्तो रहला कसरी बित्ला हेर्नुहोस भोलिको राशिफल !

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)

अपेक्षा गरे अनुसार हरेक कार्यमा सफलता मिल्नेछ। परिवारमा खुसियाली छाउने छ।  शारीरिक तथा मानसिक स्वास्थ्य अनुकुल रहने छ।  इष्टमित्र तथा साथीभाईका साथमा आनन्दमय समय व्यतित हुनेछ।  माताको तर्फबाट लाभ हुनेछ। यात्रा सुखद रहेको छ।  उतम भोजनको अवसर मिल्नेछ।

वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)

मनमा क्रोधको भावना जागृत हुनेछ।  स्वास्थ्य सामान्य रहेको छ। खर्चको मात्रामा वृद्धि भएर जानेछ। सकेसम्म अनावश्यक झैँ झमेला र मनमुटावमा नाफस्दा नै राम्रो हुनेछ। सोचे अनुरुप कार्यमा सफलता नमिल्नाले हताशाको भाव पैदा हुनेछ।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,ह)

परिवारमा सुख शान्ती छाउने छ। नोकरी व्यवसायमा लाभ मिल्नेछ। सुखद वैवाहिक योग रहेको छ। स्त्री मित्रको तर्फबाट बिशेष लाभ प्राप्त हुनेछ।  आय आर्जनमा वृद्धि हुनेछ। सन्तान सुखको समाचार सुन्ने अवसर मिल्नेछ।

कर्कट (हि,हु,हे,हो,डा,डि ,डु,डे,डो)

अधिकांश समय घरायसी काममा नै व्यतित हुनेछ। नया सर समान जोड्ने समय रहेको छ।  व्यापार व्यवसायमा लाग्नेहरुका लागि उन्नति प्रगति हुनका साथै निकरिमा पदोन्नती हुने योग रहेको छ।  परिवारमा सुख शान्तिको माहोल रहिरहने छ।  सरकारी कार्यमा लाभ हुनेछ।  आर्थिक लाभ हुने सम्भावना रहेको छ।  मान सम्मानमा वृद्धि भएर जानेछ।

सिंह (म,मि,मु,मे,मो,ट,टि,टु,टे)

मनमा अस्थिर रहनाले कुनै पनि कार्यमा मन जानेछैन।  अनावश्यक वाद विवादमा फस्ने सम्भावना रहेको छ।  स्वास्थ्य सम्बन्धी समस्या देखिन सक्ने भएकाले  खानपानमा बिशेष ध्यान पुर्याउनु पर्नेछ।  धार्मिक यात्राको सम्भावना रहेको छ।  नोकरी व्यवसायको क्षेत्रमा खासै सफलता मिल्नेछैन।

कन्या (टो,प,पी,पु,ष,ण,ठ,पे,पो)

नया कार्य हात लागि हुने समय रहेको छ। स्वास्थ्यमा अचानक परिवर्तन आउन सक्ने भएकाले खानपानमा बिशेष ख्याल पुर्याउनु पर्नेछ।  अनावश्यक क्षेत्र्मा धन खर्च भएर जानेछ।  शत्रु परास्त भएर जानेछ।  सरकारी कार्यमा सफलता मिल्ने छैन।  समग्रमा कन्या राशी हुनेहरुका लागि भोलिको दिन सामान्य रहेको छ।

तुला (रा,री,रु,रे,रो,त,ति,तु,ते)

मनोरन्जनात्मक कार्यमा समय व्यतित हुनेछ।  सार्वजनिक क्षेत्रमा मान सम्मान प्राप्त हुने समय रहेको छ।व्यापार व्यवसायको क्षेत्रमा लाभ मिल्नेछ। दाम्पत्य जीवनमा खुसियाली छाउने छ।  स्वास्थ्य अनुकुल रहेको छ।  साथीभाई र आफन्तजनको प्रसस्त साथ सहयोग मिल्नेछ।  समग्रमा तुला राशी भएकाहरुका लागि भोलिको दिन सुखद रहेको छ।

 वृश्चिक (तो,ना,नि,नु,ने,नो,य,यी,यु)

परिवारमा खुसियालीको वातावरण सिर्जना भएर जानेछ। स्वास्थ्य अनुकुल रहेको छ।   निर्धारित समयमा नै सोचेका कामहरु पुरा भएर जानेछन।  प्रतिष्पर्धामा सफलता हात लागि हुने समय रहेको छ।  आर्थिक लाभको समय रहेको छ।  बिरामी व्यक्तिहरुको स्वास्थ्यमा सुधार भएर जानेछ।

धनु (ये,यो,भ,भि,भु,ध,फ,ढ,भे)

भोलिको सकेसम्म यात्रामा नानिस्कादा नै राम्रो हुनेछ।  क्रोधलाई नियन्त्रणमा राख्न सकेको खण्डमा बिशेष लाभ हुने देखिन्छ।  पेटसम्बन्धी समस्या देखिन सक्नेछ।  सन्तान सुख मिल्ने छैन।  अनावश्यक वाद विवादमा फस्ने सम्भावना रहेको छ।  धन लाभ हुने सम्भावना रहेको छ। साथै दाम्पत्य जीवनमा सुखद रहेको छ।

मकर (भो,ज,जी,जु,जे,जो,ख,खि,खु,खे,खो,ग,गी)

प्रतिकुल समयको सामना गर्नु पर्नेछ।  परिवारका साथमा अनावश्यक मनमुटाव हुने सम्भावना रहेको छ।  माताको स्वास्थ्य सम्बन्धी समस्याले सताउने छ।  सामाजिक तथा सार्वजनिक क्षेत्रमा मान हानी हुने प्रबल सम्भावना रहेकाले सजक रहनुपर्ने छ। स्वास्थ्यमा समस्या देखिने छ।

कुम्भ (गु,गे,गो,स,सी,सु,से,सो,द)

शारीरिक स्वस्थताको कारण मनमा उत्साहको मात्रामा वृद्धि भएर जानेछ। भाई बन्धुमा आपसी सर सहयोग मिल्नेछ।  घरायसी वातावरण उल्लासमय रहनेछ।  लामो तथा छोटो दुरीको यात्रा हुन सक्ने सम्भावना रहेको छ।  भाग्योदय हुने समय रहेको छ।

मीन (दी,दु,थ,झ,ञ,दे,दो,च,ची)

आर्थिक कारोवारको क्षेत्रमा बिशेष सावधानी अपनाउनु पर्नेछ। परिवारका सदस्यका बिचमा आपसी मनमुटाव हुने सम्भावना रहेको छ।  मनमा नकारात्मक भाव पैदा हुनेछ।  खानपिनको लापरवाहीका कारण स्वास्थ्यमा समस्या उत्पन्न हुने सम्भावना रहेको छ।  समग्रमा मिन राशी भएका हरुका लागि भोलिको दिन मध्यम रहेक छ।

प्रकाशित : बिहिबार, असार १२, २०७६१४:१५

भोलि असार १४ गते शनिवार तपाईको दिन कस्तो रहला ? हेर्नुहोस् दैनिक राशिफल !