भोलि असार १४ गते शनिवार तपाईको दिन कस्तो रहला ? हेर्नुहोस् दैनिक राशिफल !

भोलि बिक्रम संवत २०७६ साल असार महिनाको १४ गते शनिवार तद अनुसार सन् २०१९ जुन २९ तारिख, वैष्णवहरूको योगिनी एकादशी व्रत तपाईको दिन कस्तो रहला कसरी बित्ला हेर्नुहोस भोलिको राशिफल !

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)

नया कार्यको सुरुवात गर्ने शुभ समय रहेको छ। शारीरिक तथा मानसिक स्वस्थताको अनुभूति हुनेछ। साथीभाई एवम इष्टमित्रका साथमा दिन आनन्दमय व्यतित हुनेछ।  आर्थिक कारोवार सकेसम्म नगर्दा नै राम्रो हुनेछ।  मध्यान्ह पश्चात स्वास्थ्यमा खराबी देखिन सक्ने भएकाले खानपानमा बिशेष ध्यान दिनु पर्नेछ। समग्रमा तपाईका लागि भोलिको दिन मध्यम फलदायी रहनेछ।

वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)

परिवारमा आपसी सदभाव बढ्ने छ। घरायसी सजावटमा समय व्यतित हुनेछ। माताको तर्फबाट लाभ मिल्नेछ। व्यापार व्यवसायको क्षेत्रमा उच अधिकारीको प्रसस्त साथ र सहयोग मिल्नेछ। सामाजिक कार्यमा रुचि बढ्नेछ। सन्तान सुख मिल्नेछ।  आकस्मिक धन लाभ हुने सम्भावना रहेको छ।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,ह)

पारिवारिक तथा व्यवसायिक क्षेत्रमा लाभ मिल्नेछ।  कार्यभार बढ्नाले दैनिक कार्यमा ढिलासुस्ती देखिनेछ।  मध्यान्ह पश्चात भने अस्वस्थ व्यक्तिहरुको स्वास्थ्यमा सुधार भएर जानेछ।  अचानक मित्रभेटको सम्भावना रहेको छ। सामजिक तथा परोपकारका कार्यमा मन जानेछ। यात्रामा निस्कने सम्भावना रहेको छ।

कर्कट (हि,हु,हे,हो,डा,डि ,डु,डे,डो)

निर्धारित समयमा अपेक्षा गरे अनुसारको कार्य गर्ने प्रेरणा मिल्नेछ।  स्वास्थ्यमा समस्या देखिने छ।  धार्मिक तथा आध्यात्मिक कार्यमा मन जानेछ।  क्रोधको मात्रा अधिक रहने छ। परिवारमा खुसियाली छुने छ।  व्यापार व्यवसायको क्षेत्र अनुकुल रहेको छ।

 सिंह (म,मि,मु,मे,मो,ट,टि,टु,टे)

दिनको प्रारम्भमा शारीरिक तथा मानसिक अस्वस्थताको अनुभूति हुनेछ। करोडको मात्रा अधिक रहनेछ।  अनावश्यक झैँ झमेला र मुद्धा मामलामा फस्ने सम्भावना रहेको छ।  मध्यान्ह पश्चात भने शारीरिक तथा मानसिक स्वस्थता रहिरहने छ।  परिवारमा खुसियाली छाउने छ।  समग्रमा तपाईका लागि भोलिको दिन शुभ फलदायी रहेको छ।

कन्या (टो,प,पी,पु,ष,ण,ठ,पे,पो)

नया कार्यको थालनी गर्नका लागि समय खासै उपयुक्त रहेको छैन। धार्मिक एवम अध्यात्मिक सिद्धि प्राप्त हुने योग रहेको छ।  स्वास्थ्यमा शिथिलता र व्यग्रता छाउने छ। व्यापार व्यवसायको क्षेत्रमा खासै सफलता मिल्ने छैन।

तुला (रा,री,रु,रे,रो,त,ति,तु,ते)

प्रशस्त धन लाभ हुनेछ । अप्ठ्यारा चुनौतीहरूलाई  सजिलै सामना गर्ने साहस जुट्नेछ।  नया कार्यको थालनी गर्नका लागि समय खासै उपयुक्त रहेको छैन।  स्वास्थ्य अनुकुल रहेको छ।  शत्रु परास्त भएर जानेछन।

 वृश्चिक (तो,ना,नि,नु,ने,नो,य,यी,यु)

आम्दानीका नया स्रोतहरु प्रसस्त खुलेर जानेछ। बौद्धिक कार्यमा सफलता मिल्नेछ।  छोटो दुरीको यात्रा हुन सक्ने सम्भावना रहेको छ। धन सम्बन्धी आयोजना बनाउनका लागि समय उपयुक्त रहेको छ।  परिवारमा खुसियाली छाउने छ।

धनु (ये,यो,भ,भि,भु,ध,फ,ढ,भे)

शारीरिक तह मानसिक अस्वस्थताको शिकार भइने छ। सकेसम्म भोलिको दिन यात्रामा नानिस्कादा नै राम्रो हुनेछ।  आर्थिक लाभ हुने सम्भावना रहेको छ। जागिरमा पदोन्नतिको योग रहेको छ। अध्ययनअध्यापन फलदायी रहनेछ

मकर (भो,ज,जी,जु,जे,जो,ख,खि,खु,खे,खो,ग,गी)

बोलीको प्रभावले महत्वपुर्ण कार्य सम्पादन भएर जानेछ। आकस्मिक धन लाभ हुने सम्भावना रहेको छ।  परिवारजनका साथमा परस्परमा मनमुटाव हुने समभावना रहेको छ। धार्मिक एवम आध्यात्मिक कार्यमा मन जानेछ।

कुम्भ (गु,गे,गो,स,सी,सु,से,सो,द)

नयाँ कार्यको शुभारम्भ गर्ने शुभ समय रहेको छ।  मानसिक व्यग्रतामा वृद्धि भएर जानेछ।  आर्थिक कारोवारका लागि समय खासै उपयुक्त रहेको छैन।  बिद्यार्थी वर्गका लागि समय सामान्य रहेको छ।  नाममा नकारात्मक भाव आउन नदिनु होला।  आँटेका काममा सहयोगीहरूले साथ दिनेछन् र थप हौसला मिल्नेछ।

मीन (दी,दु,थ,झ,ञ,दे,दो,च,ची)

खर्चको मात्रा वृद्धि भएर जानेछ। आर्थिक मन्दीका कारणले गर्दा महत्वपुर्ण कामहरु रोकिने सम्भावना रहेको छ।  बोलीको नकारात्मक पर्भाव पर्न सक्ने भएकाले बाणी तथा व्यवहारमा संयमितता अपनाउनु पर्ने देखिन्छ।  मानसिक द्विविधाका कारण महत्वपूर्ण निर्णय  लिन सकिने छैन।  समग्रमा मिन राशी भएकाहरुका लागि भोलिको दिन मध्यम फलदायी रहेको छ।

प्रकाशित : शुक्रबार, असार १३, २०७६१३:००

भोली असार १६ गते सोमवार तपाईको दिन कस्तो रहला ? हेर्नुहोस् दैनिक राशिफल !