क्रिकेटबाट सन्यास लिए पश्चात वेब सिरिजमा काम गर्दै क्रिकेटर युवराज सिंह !

एजेन्सी , भारतीय क्रिकेट टिमका स्टार युवराज सिंहले केहि दिन अघि मात्र क्रिकेटको करियरबाट सन्यास लिएका हुन्। अब भने उनि खेलकुदको क्षेत्रभन्दा बाहेकको केहि फरक काम गर्न चाहन्छन त्यसैले अब भने युवराजलाई हामीले क्रिकेटभन्दा बाहेक  टेलिभिजनको पर्दामा देख्न पाउने भएका छौं। युवीले  ‘द ऑफिस’ वेब सिरिज मार्फत अभिनय डेब्यु गर्न लागेका हुन्।

१९ बर्ष लामो आफ्नो खेलकुदको करियरबाट सन्यास लिए पश्चात उनले अभिनयमा पाइला चाल्ने योजना बनाएका हुन्। एक अन्तरवार्ताका क्रममा युवराजले ‘मैले मेरो जीवनको यति लामो समय क्रिकेटमा बिताए अब म केहि फरक गर्न चाहन्छु क्रिकेटका  लागि समय दिदा दिदै मैले अन्य काम गर्ने सुर नै पाएको थिइन् त्यसैले अब यस पछि म केहि नया अनि धमाकेदार काम गर्न चाहन्छु’ भनेका छन।

युवराज अभिनित ‘द अफिसर’ वेब सिरिज १३ एपिसोडसम्म चल्ने जानकारी गराईएको छ। जुन फरिदाबादको पत्रिका कम्पनीमा कार्यरत कर्मचारीहरुको बिषयमा आधारित रहेको छ। यस वेब सिरिजमा युवराज सिंहका साथमा गौहर खान, रणवीर शौरी, गोपाल दत्त, सयानदीप सेनगुप्ता, समृद्धि दीवान, प्रियंका सेतिया, अभिनव शर्मा, गेविन मेथालका, प्रीति कोचर, सुनील जेटली लगायतका अन्य कलाकारहरुको अभिनय रहने छ।  क्रिकेटर युवराजका पिता योगराज सिंह पनि पहिले भारतीय क्रिकेट टिममा संलग्न रहेका थिए उनले पनि क्रिकेटबाट संन्यास लिए पश्चात चलचित्रमा काम गरेका हुन्।  उनि हाल पन्जाबी चलचित्रमा सक्रिय रहेका छन भने मिल्खा सिंह जस्तो सफल बलिउड चलचित्रमा समेत काम गरिसकेका छन।

 

 

 

प्रकाशित : आइतबार, असार १५, २०७६०६:१७

बलिउडबाट टाढिएर हलिउड चलचित्रमा काम गर्न चाहन्छिन कट्रिना, बताईन यस्तो कुरा !