२७१ करोड पैसा र २ सन्तानसहित फरार भईन युएईकी रानी !

संयुक्त अरब इमिरेट (UAE) की रानी हया बिंत अल हुसैन २ सन्तान र ३१ मिलियन पाउंड सहित फरार भएको खबर बाहिरिएको छ। हया दुबईका अरबपति शासक शेख मुहम्मद बिन राशिद अल मखतूमको छैठौं श्रीमती हुन्। उनि जोर्डनका शाह राजा अब्दुल्ला की सौतेनी बहिनि समेत हुन्। विश्वका सबैभन्दा धनि व्यक्तिहरु मध्येका एक शेख मुहम्मद युएईका राष्ट्रपति र प्रधानमन्त्री समेत हुन्।

हया हाल लन्डनमा रहेकी छिन। पति शेख मुहम्मदसंग सम्बन्ध बिच्छेद गरि स्वतन्त्र जीवन जिउन चाहेकाले आफुले यो सब गर्नु परेको उनले बताएकी छिन। सम्बन्ध बिच्छेदका लागि उनि हाल जर्मनी सरकारको शरणमा पुगेकी छन। ब्रिटेनस्थित अक्सफोर्ड युनिभरसिटिमा अध्ययन गर्ने हया केहिदिन अघि देखि नै सामाजिक संजालबाट गायब भएकी छिन।

खबर अनुसार हया जर्मनका एक कुटनितिज्ञका मदतले दुबैबाट भागेकी हुन्। जर्मनका अधिकारीहरुले हयालाई शेख मुहम्मद बिन राशिद अल मखतूमका साथमा फिर्ता पठाउन अस्विकार गरेका छन। यसैको कारणले गर्दा यी दुई देशबीच कुटनीतिक संकट पैदा भएको छ। यस भन्दा पहिले पनि शेखकी छोरी राजकुमारी लतिफाले देश छोडेर भाग्ने कोशिस गरेकी थिइन्।

 

 

प्रकाशित : आइतबार, असार १५, २०७६१०:००

ग्यास उत्खनन बारे अध्ययन गर्न प्राविधिक टोली सहित दैलेख पुगे मातृकाप्रसाद यादव !