वजन घटाउने सवालमा बाधक बन्न सक्छ अत्याधिक पानीको सेवन, कसरी त जानिराखौं !

पानीले अक्सिजन र पौष्टिक तत्व शरीरका अलग अलग स्थानमा पुर्याउनका साथै शक्तिवर्धक समेत छ। पानीको सेवन स्वास्थ्यका लागि कतिको महत्वपुर्ण छ भन्ने कुरा अधिकांशलाई राम्रो संग थाहा भएकै कुरा हो। पानीले हाम्रो शरीरलाई स्वस्थ राख्न मदत गर्दछ। यसले हाम्रो शरीरमा असिमित खालको फाइदा पुर्याउछ यद्धपि कुनै कुनै समयमा अत्यधिक पानीको सेवन तौल घटाउने मामलामा  बाधक बन्न सक्ने  कुरा एक अनुसन्धानबाट पत्ता लगाईएको छ।

शरीरमा अनावाश्यस्क  बोसो जम्मा हुनु

शरीरमा अत्यधिक मात्रामा बोसो जम्मा हुनमा कहिलेकाँही पानीले समेत मुख्य भूमिका खेल्दछ।  यदि एकै पटकमा अत्यधिक मात्रामा पानी पिउनाले किड्नीले सबै पानी बाहिर निकाल्न असक्षम हुन सक्छ।त्यसैले एकै पटकमा बढी पानी पिउनु भन्दा अलि अलि गरेर पिएमा फाइदा पुग्ने देखिन्छ। यसका साथै खानामा सोडियमको भन्दा पोटासियमको मात्रा कम  भएका खानेकुरा खानाले शरीरले धेरै पानी लिने क्षमता राख्दछ।

  प्रदूषक तत्व

शुद्द सफा पिउनु स्वास्थ्यका लागि लाभदायक हुन्छ तर यसको बाबजुत पानी सफा बनाउने बहानामा विभिन्न केमिकलहरु मिसाईएको पानी खानाले मोटोपन बढ्ने समस्या प्रबल मात्रामा रहन्छ।

दिनमा कति पानी पिउने

कुनै स्वस्थ मानिसका लागि दिनमा कति पानी पिउनु फाइदाजनक हुन्छ भन्ने कुराको यकिन गर्न गाह्रो हुन्छ। यो वजन , वातावरण , काम आदिमा निर्भर गर्दछ।  बिशेष गरि महिलाहरुले दिनमा कम्तिमा पनि ३ लिटर र पुरुषहरुले ३.५ लिटर पानी पिउनु उचित हुन्छ भन्ने गरिन्छ। शारीरिक स्वस्थाताका आधारमा दिनमा कति मात्रामा पानी पिउनु लाभदायक हुन्छ भन्ने कुरामा  डाक्टरको सल्लाह लिनु उत्तम हुन्छ।

 

प्रकाशित : आइतबार, असार १५, २०७६१०:३०

यी फलफुलको सेवन गरि पाउन सकिन्छ नसोचेको स्वास्थ्यसम्बन्धी लाभ, हेर्नुहोस !