‘कबिर सिंह’ले गर्यो आक्रामकको व्यापार, ९ दिनमा गर्यो यति करोडको कमाई !

एजेन्सी , बलिउड चलचित्र कबिर सिंहमार्फत नायक साहिद कपुर पछिल्लो चर्चाका केन्द्रबिन्दु  छन। प्रदर्शन भएको दिनदेखि हालसम्म कबिर सिंहले कमाईमा हिसाबमा लगातार ब्युअपर गर्न सफल भएको छ।  प्रदर्शन भएको पहिलो हप्तामा नै चलचित्रले १०० करोडको आंकडा पार गरिसकेको थियो भने दोश्रो सातामा आइपुग्दा सम्म पनि चलचित्रले बजारमा आक्रमकको व्यापार गर्न सफल भएको छ, हालसम्मको आँकडा हेर्दा चलचित्रले १६३.७३ करोडको व्यापार गर्न सफल भएको छ। हाल चलचित्र भारतका ३१२३ हलहरुमा प्रदर्शन भईरहेको छ। यसै हप्तादेखि प्रदर्शनमा आएको आयुष्मन खुराना अभिनित ‘आर्टिकल १५’ ले पनि चलचित्र कबिर सिंहको कमाईमा कुनै असर पार्न सकेन। चलचित्र कबिर सिंह भारतीय चलचित्र मध्ये सदाबहार ब्लकबस्टर चलचित्रको सुचिमा सुचिकृत हुन पुगेको छ।

तेलुगू फिल्म अर्जुन रेड्डीकबिर सिंह को हिन्दी रिमेक कबिर सिंह एक मेडिकल स्टुडेन्ट जो आफ्नो प्रेमिका संग अलग भएर नराम्रो बाटोतर्फ लागेको हुन्छ र नशामा डुबेको हुन्छ।  चलचित्रलाई दर्शकहरुको प्रसस्त साथ र सहयोग मिलिरहेको छ। साथै चलचित्रका समिक्षकहरुले पनि यस चलचित्रलाई मिश्रित प्रतिक्रिया जनाईरहेका छन। चलचित्र कबिर सिंहमा शाहिद कपूरका साथमा कियारा आडवाणी, आदिल हुसैन, सोहम मजूमदार, अर्जुन बावजा, सुरेश ओबेरॉय, निकिता दत्ता तथा कुणाल ठाकुरको मुख्य भूमिका रहेको छ।

 

 

प्रकाशित : सोमबार, असार १६, २०७६०६:२७

न्युयोर्कबाट फर्कदै गर्दा एयरपोर्टमा यस्तो अवस्थमा भेटिए रणवीर आलिया !