भोली असार १७ गते मंगलवार, तपाईको दिन कस्तो रहला ? हेर्नुहोस् दैनिक राशिफल !

भोलि बिक्रम संवत २०७६ साल असार महिनाको १७ गते मंगलवार तद अनुसार सन् २०१९ जुलाई २ तारिख, तपाईको दिन कस्तो रहला कसरी बित्ला हेर्नुहोस भोलिको राशिफल !

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)

बैचारिक अस्थिरताका कारण उल्झनपूर्ण परिस्थितिको सामना गर्नु पर्नेछ। नोकरी व्यवसायको क्षेत्रमा प्रतिष्पर्धायुक्त समय रहेको छ। नया कार्य थालनी गर्न प्रेरणा मिल्नेछ। छोटो दुरीको यात्रा हुने सम्भावना रहेको छ।  बौद्धिक तथा लेखन कार्यको लागि समय अनुकुल रहेको छ।

वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)

मानसिक द्विविधाका कारण ठोस निर्णय लिन नसक्दा कार्यमा ढिलासुस्ती देखिने छ।  साहित्य लेखनको क्षेत्रमा रुचि बढ्नेछ।  पारिवारिक वातावरण आनन्दमय रहनेछ। नयाँ कार्यको थालनी गर्नका लागि उपयुक्त समय रहेको छैन।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,ह)

मानसिक उत्साह बढेर जानेछ।  इष्टमित्रका साथमा सौहार्दपूर्ण समय व्यतित हुनेछ। परिवारका साथमा उत्तम भोजनको अवसर मिल्नेछ। आर्थिक लाभ हुनका साथै पुरस्कार पाउने सम्भावना रहेको छ।  दाम्पत्यजीवनमा खुसियाली छाउने छ।  समग्रमा मिथुन राशी भएकाघरुका लागि भोलिको दिन उपयुक्त रहेको छ।

कर्कट (हि,हु,हे,हो,डा,डि ,डु,डे,डो)

शारीरिक अस्वस्थताका साथै मानसिक बेचैनीको अवस्था सिर्जना हुनेछ।  मानसिक द्विधिका कारण उपयुक्त निर्णय लिन सकिने छैन।  परिवारका साथमा अनावश्यक मनमुटाव हुने सम्भावना रहेको छ।  माताको स्वास्थ्य सम्बन्धी समस्याले सताउने छ।  खर्चको मात्रामा वृद्धि भएर जानेछ।  समग्रमा कर्कट राशी हुनेहरुका लागि भोलीको दिन मध्यम रहेको छ।

 सिंह (म,मि,मु,मे,मो,ट,टि,टु,टे)

अपेक्षा गरे अनुरुप हरेक कार्यमा लाभ मिल्ने सम्भावना रहेको छ। दैनिक कार्यमा ढिलासुस्ती देखिने छ।  मित्र मण्डल तह स्त्रीवर्गका  तर्फबाट बिशेष लाभ हुने समय रहेको छ। नोकरी व्यवसायमा लाभ हुनका साथै पदोन्नतिको योग रहेको छ। सन्तान सुख मिल्नेछ।  दाम्पत्य जीवनमा अधिक निकटताको अनुभूति हुनेछ।

कन्या (टो,प,पी,पु,ष,ण,ठ,पे,पो)

नयाँ कार्यको प्रारम्भ गर्ने उत्तम समय रहेको छ।  ब्यापारमा लाभ हुनेछ। नोकरीमा पदोन्नतिको योग रहेको छ।  पिताको तर्फबाट अधिक लाभ प्राप्त हुनेछ। पारिवारिक वातावरण उल्लासमय रहनेछ।सरकारी क्षेत्रमा लाभ मिल्नेछ।  स्वास्थ्य अनुकुल रहेको  छ।

तुला (रा,री,रु,रे,रो,त,ति,तु,ते)

लामो दुरीको धार्मिक यात्रा हुने सम्भावना रहेको छ।  वैदेशिक यात्रा सुखद रहनेछ।  सन्तान सुख मिल्ने छैन।  व्यापार व्यवसायमा उच्च अधिकारीको प्रसस्त साथ र सहयोग प्राप्त हुनेछ। प्रतिस्पर्धात्मक क्षेत्रमा विजय हासिल गर्ने समय रहेको छ।

 वृश्चिक (तो,ना,नि,नु,ने,नो,य,यी,यु)

कुनै महत्वपुर्ण कार्य सम्पादन गर्नु पुर्व बिशेष सावधानी अपनाउनु पर्ने देखिन्छ। मनमा नकारात्मक प्रवृतिले डेरा जमाउन सक्छ सावधान रहनु होला। समयमा भोजन नमिल्दा स्वास्थ्य सम्बन्धी समस्या देखिन सक्नेछ। सामाजिक क्षेत्रमा मान प्रतिष्ठा भंग हुन सक्छ विचार पुर्याउनु पर्नेछ।

धनु (ये,यो,भ,भि,भु,ध,फ,ढ,भे)

साहित्य लेखनको क्षेत्रमा गहिरो रुचि बढ्ने छ। मनोरन्जनात्मक क्रियाकलापमा नै समय व्यतित हुनेछ।  परिवारका साथमा उत्तम भोजनको अवसर मिल्नेछ।  सार्वजनिक स्थानमा मान सम्मानमा वृद्धि हुनेछ।  व्यापार व्यवसायको क्षेत्र्मा अधिक लाभ मिल्ने देखिन्छ।

मकर (भो,ज,जी,जु,जे,जो,ख,खि,खु,खे,खो,ग,गी)

ब्यापारमा लाभ हुनका साथै आयमा वृद्धि भएर जानेछ। आर्थिक कारोवार सरलतापुर्वक सम्पन्न हुनेछन। परिवारमा सुख शान्तिको माहोल सिर्जना हुनेछ। शत्रु परास्त भएर जानेछ।  प्रतिस्पर्धताम्क क्षेत्रमा विजय हासिल गर्ने समय रहेको छ। सरकारी क्षेत्रमा लाभ मिल्नेछ।

कुम्भ (गु,गे,गो,स,सी,सु,से,सो,द)

स्वास्थ्य सम्बन्धि समस्या देखिन सक्नेछ। बिचारमा परिवर्तन आउनाले महत्वपुर्ण कार्य गर्न सकिने छैन।  नया कार्यको शुभारम्भ गर्ने उपयुक्त समय रहेको छैन। अधुरा रहेका कार्यहरु समयमा नै सम्पादन भएर जानेछ।  सकेसम्म यात्रामा नानिस्कादा नै लाभ हुनेछ।  समग्रमा कुम्भ राशी हुनेहरुका लागि भोलिको दिन सामान्य रहेको छ।

मीन (दी,दु,थ,झ,ञ,दे,दो,च,ची)

शारीरिक तथा मानसिक भय उत्पन्न हुनेछ। आफन्तजनका साथमा मनमुटावको स्थिति सिर्जना हुन सक्ने सम्भावना रहेको छ। आकस्मिक घटेका घटनाका कारण मानसिक बेचैनी रहनेछ।  धन तह यश किर्ती नशा हुने समय रहेको छ। पैतृक सम्पतिमा सावधान रहनु पर्नेछ।  आध्यात्मिक कार्यमा मन जानेछ।

प्रकाशित : सोमबार, असार १६, २०७६१४:३४

भोलि असार १८ गते बुधवार , तपाईको दिन कस्तो रहला ? हेर्नुहोस् दैनिक राशिफल !