बलिउड अभिनेता शाहिद कपूर अभिनित कबिर सिंह बक्स अफिसमा शानदारको कमाई गर्न सफल भएको छ। प्रदर्शनको दोस्रो सातासम्म आइपुग्दा पनि चलचित्रको व्यापारमा कुनै कमि आएको छैन। कबिर सिंहको सफलता संगै शाहिदको चर्चा पनि एकाएक चुलिएको छ। जुन उनका लागि हुनु अत्यन्तै आवश्यक थियो।
चलचित्रबाट अहिलेसम्म खासै सफलताको स्वाद चाख्न नपाएका शाहिदले कबिर सिंह ब्लक बस्टर भएपश्चात फिस पनि बढाएका छन। एउटा चलचित्रमा काम गर्नका लागि १०-१२ करोडको हाराहारीमा लिने शहिदले आफ्नो पारिश्रमिकलाई दुई गुणा बढाएर २१ करोड पुर्याएका छन। कबिर सिंहको सफलतासंगै पछिल्लो समय फिल्मी बजारमा उनको माग बढ्दै गईरहेको छ।
चलचित्रको प्रमोशनको क्रममा शहिद यस पश्चात आफुसंग कुनै पनि चलचित्र नभएको र खाली रहेको जानकारी गराएका थिए तथापी कबिर सिंहको सफल हुनु उनका लागि लक्की साबित हुन पुगेको छ।
२१ जुनदेखि प्रदर्शनमा आएको चलचित्र कबिर सिंह तेलुगू फिल्म अर्जुन रेड्डीको रिमेक हो। चलचित्रले हालसम्म १८० करोड भन्दा माथिको व्यापार गर्न सफल भईसकेको छ। चलचित्रको शहिद र कियारा आडवाणीको जोडीलाई दर्शकले अत्यन्तै मन पराएका छन।