मृत्यु भएको २० मिनेट पश्चात पुनर्जीवित भए न्युयोर्कका एक युवक !

न्यूयार्क, मरे पछि कोहि मान्छे जिउँदो हुन सक्छ ? यो त केवल फिल्मको एक कहानी मात्र हो तर वास्तवमै न्युयोर्कको मिशिगनमा एक यस्तो घटना भएको छ जुन सुनेर सारा दुनिया आश्चर्यचकित हुन पुगेको छ। मिशिगनका माइकल प्रुइट नाम गरेका २० बर्षिया एक युवक मृत्य पश्चात पुन जीवित भएका छन। करेन्ट लागेर अचानक भुईमा ढलेका माइकलको २० मिनेट सम्म सास रोकिएको थियो।

घटना भए पश्चात डाक्टरहरुले पुन माइकललाई बिजुलीको झट्का दिएर जीवित बनाएका हुन्। रिपोर्टका अनुसार माइकल आफ्ना परिवारका साथमा टेलरमा काम गर्दै आइरहेका छ्न। घरमा पिताका साथमा काम गर्दै गर्दा अचानक करेन्ट लागेर बेहोश भएका उनलाई उपचारका लागि अस्पताल लैजादै गर्दा  बाटोमै डिफिब्रिलेटरको प्रयोग गरि पुनर्जीवित गर्ने कोसिश गरिएको थियो।

उनको उपचारका लागि खटिएका डाक्टरका भनाइ अनुसार माइकलको जिउदो रहने सम्भावना निकै नै कम रहेको बताएका थिए साथै उनलाई पुनर्जीवित हुनुभन्दा २० मिनेट अगाडी मृत घोषणा समेत गरिएको उनले जानकारी दिएका छन।

 

 

प्रकाशित : मङ्गलबार, असार १७, २०७६०९:१६

थाईल्याण्डमा एक युवकको कानबाट डाक्टरले निकाले जिउँदो माउसुली !