भोलि असार १८ गते बुधवार , तपाईको दिन कस्तो रहला ? हेर्नुहोस् दैनिक राशिफल !

भोलि बिक्रम संवत २०७६ साल असार महिनाको १८ गते बुधवार तद अनुसार सन् २०१९ जुलाई ३ तारिख, तपाईको दिन कस्तो रहला हेर्नुहोस भोलिको राशिफल !

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)

नयाँ कार्यको थालनी गर्ने प्रेरणा मिल्नेछ। मानसिक अस्थिरताका कारण दैनिक कार्यमा ढिलासुस्ती देखिने छ। नोकरी व्यवसायको क्षेत्रमा प्रतिष्पर्धात्मक वातावरण रहने छ। छोटो दुरीको यात्रा हुने सम्भावना रहेको छ। दाजु भाईद्वारा लाभ मिल्नेछ। बाणी तथा व्यवहारमा संयमितता अपनाउनु पर्ने देखिन्छ।

वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)

मानसिक अस्थिरताका कारण कार्यक्षेत्रको वातावरण डामाडोल हुनेछ। नया कार्यको शुभारम्भ गर्ने उचित समय रहेको छैन। बोलीको नकारात्मक प्रभाव पर्न सक्ने भएकाले बोलीमा संयमित रहनु पर्नेछ। आर्थिक लाभ हुनेछ।  बिद्यार्थी वर्गका लागि समय अनुकुल रहेको छ।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,ह)

शारीरिक स्वस्थताका साथै मनमा उत्साहको मात्रा बढेर जानेछ। इष्टमित्रका साथमा आनन्दमय समय व्यतित हुनेछ। आर्थिक  आयोजनाका कार्यहरु सरलता पुर्वक सम्पन्न भएर जानेछ। दाम्पत्य सुखको अनुभूति हुनेछ। समग्रमा मिथुन राशी भएकाहरुका लागि भोलिको दिन शुभ रहेको छ।

कर्कट (हि,हु,हे,हो,डा,डि ,डु,डे,डो)

परिवारमा मनमुटावको स्थिति सिर्जना हुनेछ। उचित निर्णय लिन नसक्दा महत्वपूर्ण कार्य हात लागि हुने छैन। अनावश्यक  झैँ झमेलामा सकेसम्म नाफस्दा नै राम्रो हुनेछ। स्वास्थ्य सम्बन्धी समस्याले सताउने छ। मानहानी तथा धनहानी हुने सम्भावना रहेको छ।

सिंह (म,मि,मु,मे,मो,ट,टि,टु,टे)

नकारात्मक परिस्थितिका कारण हात लागि भएका कार्यहरु व्यर्थ हुनेछ।  मित्रलाभको समय रहेको छ। पिताको तर्फबाट लाभ मिल्नेछ। घरमा मांगलिक कार्य हुने सम्भावना रहेको छ।  व्यापार व्यवसायको क्षेत्रमा लाभ हुने देखिन्छ। आय आर्जनमा वृद्धि हुनेछ।  छोटो दुरीको यात्रा हुने सम्भावना रहेको छ।

कन्या (टो,प,पी,पु,ष,ण,ठ,पे,पो)

नयाँ कार्यको थालनी गर्ने शुभ समय रहेको छ। अपेक्षा गरे अनुसार कार्यमा सफलता मिल्नेछ। पिताको तर्फबाट लाभ मिल्ने देखिन्छ। सरकारी क्षेत्रमा लाभ मिल्नेछ। स्वास्थ्य अनुकुल रहेको छ। पारिवारिक वातावरण सुखमय रहेको छ।  व्यापार व्यवसायका लागि बाहिर जाने अवसर मिल्नेछ।

तुला (रा,री,रु,रे,रो,त,ति,तु,ते)

साहित्य लेखनको क्षेत्रमा रुचि बढ्नेछ। नया कार्य थालनी गर्ने शुभ समय रहेको छ। धार्मिक यात्राको योग रहेको छ। बिदेश यात्रा सुखद रहेको छ। सन्तान सुख मिल्नेछैन। स्वास्थ्यमा समस्या देखिने छ।

 वृश्चिक (तो,ना,नि,नु,ने,नो,य,यी,यु)

बाणी र व्यवहारमा संयम रहनु पर्नेछ। दैनिक कार्यका अतिरिक्त अन्य कार्यमा खासै सफलता मिल्ने छैन। स्वास्थ्यमा समस्या देखिन सक्ने भएकाले खानपानमा बिशेष ध्यान दिनु पर्नेछ। धार्मिक एवम आध्यात्मिक कार्यमा मन जानेछ। परिवारका साथमा आनन्ददायी समय व्यतित हुनेछ।

धनु (ये,यो,भ,भि,भु,ध,फ,ढ,भे)

परिवार तथा इष्टमित्रका साथमा उत्तम भोजन तथा आनन्दमय यात्रा हुनेछ। मनोरन्जनात्मक कार्यको पछाडी  धन खर्च हुनेछ। दाम्पत्यजीवनमा खुसियाली छाउने छ। सार्वजनिक स्थानमा मान सम्मानमा वृद्धि हुनेछ।  नोकरीमा पदोन्नतिको योग रहेको छ

मकर (भो,ज,जी,जु,जे,जो,ख,खि,खु,खे,खो,ग,गी)

व्यापार व्यवसायको क्षेत्र विस्तार हुनका साथै आर्थिक लाभ हुने सम्भावना रहेको छ। आर्थिक कारोवारका लागि समय उपयुक्त रहेको छ। परिवारमा हर्षोल्लासको वातावरण सिर्जना हुनेछ। आर्थिक लाभको समय रहेको छ। शत्रु परास्त भएर जानेछ।

कुम्भ (गु,गे,गो,स,सी,सु,से,सो,द)

मानसिक अशान्तिका साथै उद्वेगपूर्ण दिन रहनेछ। बिचारमा परिवर्तन आउने छ। सन्तान सुख मिल्ने छैन। पेट सम्बन्धी समस्याले सताउने छ।  अपेक्षा गरे अनुरुप कार्यमा सफलता नमिल्नाले हताशाको भाव सिर्जना हुनेछ। आकस्मिक रुपमा धन खर्च हुने सम्भावना रहेको छ। साहित्य लेखनको कार्यमा रुचि बढ्ने छ।

मीन (दी,दु,थ,झ,ञ,दे,दो,च,ची)

परिवारका साथमा अनावश्यक झैँ झमेलाको स्थिति सिर्जना हुनेछ। स्वास्थ्यमा समस्या देखिने सम्भावना रहेको छ। सामाजिक क्षेत्रमा मान प्रतिष्ठामा हानी हुन सक्ने छ।  कार्यमा सोचे अनुसारको सफलता पाइने छैन।  धार्मिक तथा आध्यात्मिक क्षेत्रमा मन लगाउनाले हरेक समस्याबाट छुटकारा पाउने देखिन्छ।

प्रकाशित : मङ्गलबार, असार १७, २०७६१३:५०

भोलि असार १९ गते बिहिवार , तपाईको दिन कस्तो रहला ? हेर्नुहोस् दैनिक राशिफल !