३ बर्षदेखी हराइरहेका श्रीमानसंग टिकटकले गराईदियो श्रीमतीको भेट !

असार १९ , पछिल्लो समय संसारभर प्रचलनमा रहेको मोबाइल एप्लिकेशन  टिकटकले बिकृति फैलायो भन्दै बिरोध चलिरहेको अवस्थामा यसले एक आश्चर्यजनक काम गरेर देखाईदिएको छ। ३ बर्षअघि एकाएक गायब भएका तमिलनाडु स्थित एक व्यक्तिलाई टिकटकले पुन परिवारसंग भेटाइदिएको छ। रिपोर्ट अनुसार सुरेश नाम गरेका उक्त व्यक्ति २०१६ देखि आफ्ना परिवारदेखि एकाएक गायब भएका थिए।

परिवार र आफन्तले उनलाई हर ठाउँमा खोज्ने प्रयास पनि नगरेका भने होइनन तर कसै गरि पनि उनलाई नभेटिए पछि परिवारले आश मारिसकेका थिए तर टिकटकको एक भिडियोले गर्दा सो व्यक्तिको परिवारसंग पुनर्मिलन भएको छ। टिकटकमा भिडियो हेर्दै जादा सुरेशकी श्रीमती जयाले उनि एक ट्रान्सजेन्डर महिलाका साथमा टिकटकको एक भिडियो देखिएका थिए। जुन भिडियो इनले आफन्त र छिमेकीलाई समेत देखाएकी थिइन्।

भिडियोमा देखिएका व्यक्ति अरु नभई आफ्नै श्रीमान रहेको कुरा पत्ता लागे पछि उनले प्रहरीलाई खबर गरेकी हुन्। पुलिसको खोजीमा उनलाई एक ट्याक्टर कम्पनीमा काम गरिरहेको अवस्थामा भेटिएको थियो। अन्तत पुलिसले सुरेशलाई आफ्नो परिवारको साथमा जिम्मा लगाएको छ।

 

 

 

प्रकाशित : बिहिबार, असार १९, २०७६०६:५२

अर्घाखाँचीमा जीप दुर्घटना २ जनाको मृत्यु ४ को अवस्था गम्भीर !