यी हुन् बर्ष २०१९ मा १०० करोडको क्लबमा पुग्न सफल बलिउडका चर्चित चलचित्रहरु , हेर्नुहोस !

वर्ष २०१९ बलिउड चलचित्रका लागि फलदायी हुन पुगेको छ। जनवरीमा प्रदर्शनमा आएको चलचित्र ‘उरी: द सर्जिकल स्ट्राइक’ बाट सुपरहिट चलचित्र प्रदर्शनमा आउने शिलशिला सुरु भएको हो जुन शिलशिला हाल सम्म पनि जारी नै रहेको छ। यसै सन्दर्भमा आज हामी बलिउडका १००० करोडको आंकडा पार गर्ने बलिउडका केहि सफल चलचित्रको बारेमा कुरा गर्न जादछौं, आउनुहोस , हेर्नुहोस।

१. उरी: द सर्जिकल स्ट्राइक

विकी कौशल को मुख्य भूमिकामा रहेको चलचित्र ‘उरी: द सर्जिकल स्ट्राइक’ बर्ष २०१९को पहिलो सुपरहिट चलचित्र हो। चलचित्र भारतीय सेनाद्वारा पाकिस्तानमा कब्जा गरिएको कश्मिरका केहि सर्जिकल स्ट्राइकसंग सम्बन्धित रहेको छ।बक्स अफिसमा चलचित्रले २४४ करोडको व्यापार गर्न सफल भएको थियो।

 २. गली ब्वाई

रणवीर सिंह, आलिया भट्ट , सिद्धांत चतुर्वेदी लगायतका कलाकारको मुख्य भूमिका रहेको चलचित्र गली ब्वाईलाई  दर्शक तथा चलचित्र समिक्षकद्वरा सकारात्मक प्रतिक्रिया मिलेको थियो। जोया अख्तरको निर्देशनमा तयार भएको चलचित्रले १३४ करोडको व्यापार गर्न सफल भएको छ ।

३. टोटल धमाल

अजय देवगन, माधुरी दीक्षित, अनिल कपूर, जावेद जाफरी, अरशद वारसी, रितेश देशमुख, संजय मिश्रा, ईशा गुप्ता, बमन इरानी आदि कलाकारको मुख्य भूमिका रहेको मल्टी स्टारर कमेडी चलचित्रको धमालको कुल कमाई १५० करोड रहेको छ।

४.  केसरी

अक्षय कुमार मुख्य भूमिकामा रहेको चलचित्र केसरी सारागढ़ीको युद्धमा आधारित रहेको छ जहा २१ सिख सैनिकले आफ्नो पोस्ट बचाउनका लागि १० हजार अफगानी सेनाका साथमा लडेका थिए।  यस चलचित्रले बक्स अफिसमा १५१ करोड भन्दा बढीको व्यापार गर्न सफल भएको छ।

५. भारत

इदको अवसर पारेर प्रदर्शनमा ल्याईएको सलमान खान , कट्रिना कैफ , सुनिल ग्रोबर, दिशा पाटनी लगायतका कलाकारको मुख्य अभिनय रहेको चलचित्र ‘भार’त पनि बर्ष २०१९ को बलिउडको सफल चलचित्र हो।  यस चलचित्रले बक्स अफिसमा १९६ करोड भन्दा बढीको व्यापार गर्न सफल भएको छ।

६. कबीर सिंह

हालसालै मात्र प्रदर्शनमा आएको शाहिद कपुर र कियाराआडवाणीको मुख्य भूमिका रहेको चलचित्र कबिर सिंहको अहिलेसम्मको बक्स अफिस कलेक्सन २०० करोड भन्दा माथि रहेको छ। तेलुगू फिल्म ‘अर्जुन रेड्डी’ को हिन्दी रिमेक बताईएको चलचित्रले  प्रदर्शनको दोस्रो सातामा आइपुग्दा सम्म पनि धमाकेदार प्रदर्शन गरिरहेको छ।   

 

 

 

प्रकाशित : बिहिबार, असार १९, २०७६१२:२६

ऋषि कपुरलाई भेट्न न्युयोर्क पुगे अर्जुन, मलाईका !