यस्तो बिवाह कहिल्यै देख्नुभएको छ, छैन भने यता हेर्नुहोस अचम्म लाग्ने बिवाहहरु !

बिवाह हरेक व्यक्तिका लागि एक खास समय हो त्यसैले उनीहरु आफ्नो बिवाह सबैभन्दा अलग र बिशेष बनाउन चाहन्छन। जसका लागि उनीहरु जस्तोसुकै परिस्थितिको पनि सामना गर्न तयार हुन्छन। यसै क्रममा आज हामी विश्वमा भएको अचम्मको विवाहको बारेमा कुरा गर्न जादैछौं , आउनुहोस

अमेरिकाको क्यालिफोर्नियामा रहने रयान जेनक्स र किमबर्ले वेगलिनले यस्तो अचम्मको बिवाह गरेका छन जसलाई देखेर सारा दुनिया चकित परेको छ। उनिहरुले युटा केनानको पहाडको बिचमा ४०० फिट उचाइमा बाँधिएको जालमा उभिएर एकअर्कालाई औंठी लगाईदिएका हुन्।

अचम्मको बिवाह गर्न  भारत पनि कोहि भन्दा कम छैन। महाराष्टको कोहलपुर स्थित एक जोडीले डोरीमा झुन्डिएर बिवाह गरेका छन।अचम्मको कुरा त के हो भने यी जोडी वरमाला पहिराएको स्थान जमिनको सतहदेखि  ६०० फिट उचाईमा रहेको थियो।

चीनमा एक बेहुलीले २०० मिटर लामो कपडा लगाएर बिवाह गरेकी छिन। अचम्मको कुरा त के हो भने उनले लगाएको  उक्त कपडालाई फुकाल्नका लागि विवाहमा उपस्थित २०० आफन्तलाई ३ घण्टा लागेको थियो।

न्युयोर्कमा बस्ने अप्रैल पिग्नाटरो र माइकल करीले शार्क टेकको मुनि बिवाह गरेका छन। सन् २०१० मा भएको यस बिवाहले सबैलाई आश्चर्यचकित बनाईदिएको थियो।

के तपाइले कहिल्यै पानीमुनि बिवाह गरेको देख्नु या सुन्नु भएको छ। यदि छैन भने यता हेर्नुहोस महाराष्टका निखिल पवारले स्लोवाकियाकी यूनिका पोगरानसंग पानीको मुनि बिवाह गरेका छन। यिनीहरुले बिशाव्को अन्डर वाटर बिवाह गर्ने जोडीको रुपमा आफ्नो नाम दर्ता गराएका छन।

 

 

 

प्रकाशित : शुक्रबार, असार २०, २०७६११:३६

यी हुन् एक अर्काका रगत पिउने अचम्मका प्रेम जोडी, हेर्नुहोस !