दुनियाको यस्तो रहस्यमयी गाउँ जहाका मानिस लगायत पशुपन्छीले पनि देख्दैनन आँखा !

बिश्वमा यस्ता रहस्यमयी ठाउँहरु रहेका छन कि जुन ठाउँलाई आजसम्म पनि रहस्यको हिसाबले उच्च मान्ने गरिन्छ। यसै मध्ये एक हो मेक्सिकोको प्रशान्त महासागरीय क्षेत्रस्थित रहेको ‘टिल्टेपैक’ गाउँ।  यस गाउँमा कुल ६० घर रहेका छन जसमा ३०० वासिन्दा बस्ने गरेका छन। यस गाउँमा यस्तो रहस्यमयी कुरा लुकेको छ कि जुन गाउँमा निवासी कुल ३०० मध्ये ३०० जना नै अन्धो रहेका छन साथै मानिस मात्र नभई यहाका मान्छेले पालेका कुकुर , बिरालो तथा अन्य पाल्तु जनावर पनि अन्धो रहेका छन।

घना जंगलको बिचमा अवस्थित बिकासका पूर्वाधार देखि बन्चित रहेका यस गाउँमा अँध्यारो हुदा बाल्ने बत्ति पनि किनकि यहाका सम्पूर्ण बासिन्दा आँखा देख्दैनन तथापी यिनीहरु बिहान चराको आवाजबाट बिहान भएको र बेलुका पनि चराचुरुंगीको आवाज आउन बन्द भएपछी आ आफ्नो झुपडीमा जाने गरेका छन।

सरकारले यी व्यक्तिहरुको उपचार गर्न नखोजेका भने पक्कै होइनन तर गर्न लागेको कार्य निष्फल साबित भए पछि उनीहरुलाई घना जंगलको बीचबाट कतै खुला स्थानमा सार्ने योजना बनाएका थिए। अन्यथा शरीरलाई मिल्दो जुल्दो वातावारण नमिलेका कारण उनीहरु हाल आफ्नै पुर्ख्यौली निवासमा आफ्नो दिनचर्या गुजार्दै आइरहेका छन।

यहाका मानिस ढुंगाले बनाईएको झुपडीमा बस्छन र ढुंगामा नै सुत्छन घरमा भित्र पस्नका लागि निर्माण गरिएको सानो धोका सिवाय अरु केहि पनि छैन। साथै यहाँ बच्चा पनि पहिले जन्मिदा आम सामान्य बच्चा जस्तै रहने र जन्मिएको केहि साता पश्चात उनीहरु पनि अन्धो हुदै जाने गरेका छन।

 

 

 

 

प्रकाशित : शुक्रबार, असार २०, २०७६०८:३२

यस्तो बिवाह कहिल्यै देख्नुभएको छ, छैन भने यता हेर्नुहोस अचम्म लाग्ने बिवाहहरु !