तस्बिरमा हट देखिएकी जेरी अभिनेत्री आना शर्मा, हेर्नुहोस !

शुक्रवार असार २०, काठमाडौँ

नेपाली चलचित्र उद्योगकी उदयमान अभिनेत्री आना शर्मा पछिल्लो समय चलचित्रमा खासै देखिएकी छैन। ‘द म्यान फ्रम काठमाडौँ’ को असफलतासंगै निराश बनेकी आना चलचित्रमा देखिएकी छैनन्। अरु अभिनेत्रीलाई जस्तो चलचित्रको स्टार बन्ने सोच नभएकाले आफुले राम्रोसंग स्क्रिप्ट पढेर मात्र थोरै थोरै चलचित्रमा मात्र काम गर्ने उनि बताउछिन।

चलचित्र ‘जेरी’ मार्फत अभिनेता अनमोल केसीका साथमा फिल्मी यात्रा सुरू गरेकी आना सामाजिक संजालमा पनि सक्रिय छिन। हालसालै मात्र उनले आफ्नो इन्स्टाग्राम अकाउंट मार्फत चितवनमा खिचिएको बिकिनी तस्बिर सार्वजनिक गरेकी छिन।

जुन तस्बिरलाई सामाजिक संजाल प्रयोगकर्ताले अत्याधिक रुपमा मन पराईरहेका छन् साथै उक्त फोटोमा लाइक र कमेन्टको समेत वर्षा भईरहेको छ।कतिपयले त उनको तस्बिरमा ‘चिकेन चील्ली जस्तै लाग्यो’ त कसैले ‘यसै गरि आगाडी बढ्नु’ भन्दै कमेन्ट गरेका छन।

चलचित्र क्षेत्रभन्दा  टाढा रहेर हाल प्रेमिका साथमा रमाईरहेकी आनाले  हालसम्म जेरी , द म्यान फ्रम काठमाडौँ लगायतका चलचित्रमा काम गरेकी छिन।

 

 

 

प्रकाशित : शुक्रबार, असार २०, २०७६१२:२०

लखनउमा गरियो केबिसी सिजन ११ को प्रोमोको पहिलो छायांकन !