बलिको लागि राखिएको ३ बर्षिय बालकको प्रहरीले गर्यो शकुशल उद्धार !

असार २२ , धार्मिक मान्यता र अन्धविश्वासको नाममा मानिसहरु जुनै हद पार गर्न पनि तयार हुन्छन देवीको नाममा पशु बलि दिएको घटना त सामान्य हो तर मानिस नै बलि दिनु निकै नै निन्दनीय कार्य हो यसको सबैले बिरोध गर्नुआवश्यक छ । बलिकै सन्दर्भमा भारतको उदलगुरी अन्तर्गत अन्धविश्वासका कारण ३ बर्षको बालकलाई देवीको नाममा बलि चढाउनै लागेको अवस्थामा प्रहरी र स्थानीयको सहयोगमा बच्चालाई बचाईएको छ। तिन जना मानिसले परिवारका साथमा मिलेर तान्त्रिक विधिद्वारा बच्चाको बलि दिने खबर स्थानीयले थाहा पाएपछि अन्तत उनीहरुले पुलिसमा खबर गरेका थिए। पुलिसले उक्त बच्चालाई बलिको नाममा मृत्यु हुनबाट बचाएका हुन्।

यस घटनामा संलग्न ३ व्यक्ति र एक तान्त्रिक बाबा भनिनेलाई प्रहरीले आफ्नो हिरासतमा लिएको छ। स्थानीयका अनुसार एक  हाई स्कुलका प्राध्यापकका घरमा गत केहि समयदेखि घरमा पुजा पाठको कार्य चलिरहेको थियो। अबोध बालकको बलि दिनु भन्दा अगाडी उनले आफ्नो घर र बाईकमा समेत आगो लगाएका थिए जसबाट स्थानीयले यो घरमा अब केहि हुदैछ भन्ने अनुमान लगाएका थिए।

रिपोर्टका अनुसार प्रहरी घटनास्थलमा पुग्दा पुजामा संलग्न तिन व्यक्ति ३ बर्षिय अबोध बालकको बलि दिनका लागि तयारी अवस्थामा रहेका थिए। जसको बिरोधका लागि उत्रिएका पुलिसले माहोल अन्योलग्रस्त भएपछी फायरिंग गरेको थियो। जुन घटनामा परि परिवारका ३ सदस्य सख्त घाइते भएका छन भने बच्चालाई प्रहरी र स्थानीयले शकुशल रुपमा उद्धार गरेका छन।

 

 

 

प्रकाशित : आइतबार, असार २२, २०७६०७:००

कांग्रेसका पुर्वमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले ६२ बर्षको उमेरमा तेस्रो विवाह गर्दै !