काठमाडौँ असार २२ , भदौ १३ गतेदेखि प्रदर्शनमा आउन लागेको रामबाबु गुरुङद्वारा निर्देशित चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ को टिजर आइतवार सार्वजनिक गरिएको छ।
छायांकन सुरु गरिएको डेड महिनामा नै चलचित्रको टिजर सार्वजनिक गरिएको हो। चलचित्रमा दयाहांग राई , कर्मा शाक्य , रीश्मा गुरुङ, विल्सन विक्रम राई, विजय बरालको मुख्य भूमिका रहेको छ। शैलेन्द्र डी कार्कीको छायांकन, रेनेशा वान्तवा राईको कोरियोग्राफी र सुरेन्द्र पौडेलको सम्पादन रहेको चलचित्रको कथा रामबाबु गुरुङ र उपेन्द्र सुब्बाले मिलेर लेखेका हुन्।
सार्वजनिक टिजरमा दयाहांग , उपासना र विजय बराललाई मात्र देखाईएको छ। आशा छ यो भन्दा अघिल्लो चलचित्र जस्तै यसले पनि चलचित्र हलमा दमदारको प्रदर्शन गर्नेछ।’कबड्डी कबड्डी कबड्डी’ टक्कर दिनकै लागि भदौ १३ देखि नै सम्राज्ञी राज्यलक्ष्मी शाह र पुष्प खड्का अभिनित चलचित्र ‘मारुनी’ पनि प्रदर्शनमा आउने बताईएको छ।