अध्ययन भन्छ – मोटोपन घटाउन रातको समयमा रुनु अति प्रभावकारी

बढ्दो व्यस्तताका कारण पछिल्लो समय मानिसको जीवनशैलीमा परिवर्तन आएको छ। जसका कारण समयमा भोजनको अभाव तथा अव्यवस्थित खानपानका कारण आजभोली अधिकांश मानिस मोटोपनको शिकार हुन पुगेका छन।  जसका लागि उनीहरु हरेक प्रकारका शैली र पद्धती अपनाउन पनि पछि पर्दैनन। अनावश्यक मोटोपन घटाउनका लागि मानिसहरु खोला सरि पैसा बगाउनमा पनि पछि पर्दैन्। तर एक अध्ययनले मोटोपन घटाउने एक प्रभावकारी उपाय पत्ता लगाएको छ। सुन्दा अचम्म लाग्न सक्छ तर यो वास्तवमा लामो खोज अनुसन्धानका बाबजुत पत्ता लगाईएको कुरा हो कि रातको समयमा रुनाले अनावश्यक शरीरको मोटोपन सजिलै घटाउन सकिन्छ।

रिपोर्टका अनुसार रुनाले हाम्रो शरिरमा कार्टीसोन नामक हर्मोन उत्पन्न हुन्छ जसले तौल घटाउनमा बिशेष भूमिका निर्वाह गरेको हुन्छ।  अर्को कुरा जब हामी बढी चिन्ता लिएर रुन्छौ तब आँशुको मार्फतबाट हाम्रो शरीरमा भएको बिषालु पदार्थ बाहिर निकाल्नमा मदत पुग्छ र केहि हद सम्म शरीरको अनावश्यक वजन कम गर्नमा पनि सहयोग गर्दछ।

अध्ययनका क्रममा यो कुरा पनि पत्ता लगाईएको छ कि जो व्यक्तिको रुदा राम्रो संग आँसु आउदैन उक्त व्यक्तिका लागि तौल घटाउन मुश्किल हुने गर्दछ। एक अर्को  रहस्यमयी कुरा के पनि पत्ता लगाईएको छ भने जो मानिसले रोएको जस्तो नाटक गर्छ उसका लागि गोहीको जस्तो आँसु झारेर वजन घटाउछु भन्ने कुरा सपना मात्र हुने बताईएको छ।

मानिसमा मुख्यतया  तिन प्रकारले आँसु झर्ने गर्ने गर्छ एक बेसल , रिफ्लेक्स र साइचिक।  बेसल आँसु अक्सर धेरै खुसि भएको अवस्थामा आउने गर्छ जबकी रिफ्लेक्स आँसु कुनै धुवा धुलोको कारणले झर्ने गर्छ। तर  साइचिक आँसु बढी दुख पर्दा आउने गर्छ जुन आँसु वजन कम गर्नमा कारक आँसु हो।

राती ७ देखि १० बजेका बिचमा दिल खोलेर रोएको खण्डमा वजनमा भारी गिरावट आउने अध्ययनले पत्ता लगाएको छ। यो समयमा मानिसमा नेगेटिभ इमोसनल हाबी हुने गर्छ। साथै रुनाले द्रुततर गतिमा शरीरमा क्यालोरीको मात्रामा पनि कमि आउने अनुसन्धानमा पत्ता लगाईसकिएको छ।

प्रकाशित : आइतबार, असार २२, २०७६११:११

यी बिविध स्वास्थ्य समस्याका लागि फाइदाजनक छ जाइफल, यसरी गर्न सकिन्छ प्रयोग !