मलाईकासंगको विवाहको सन्दर्भलाई लिएर अर्जुनले दिए यस्तो जवाफ !

एजेन्सी , बलिउड अभिनेता अर्जुन कपूर र अभिनेत्री मलाईका अरोराको प्रेम सम्बन्धको चर्चा पछिल्लो समय चलचित्र बजारमा चुलिदै गएको छ। यसका बाबजुत यी दुईको बिवाहको बिषयले पनि पछिल्लो समय माहोल तताईरहेको छ। अर्जुन मलाईका आजभोलि न्युयोर्कका छुट्टि मनाईरहेका छन्।  दुवै सधै साथै रहेकाले धेरैको मनमा उनीहरुको बिवाह  चासो बिषय बन्न पुगेको छ।

यसै सन्दर्भमा अर्जुनले एक अन्तर्वार्ताका क्रममा आफुहरु तत्काल बिवाह गर्ने सोचमा नरहेको जानकारी दिएका छन। साथै अझै एक अर्कालाई चिन्न बाकी नै रहेको र प्रेमी प्रेमिका भएर बस्नमा नै आनन्द भएकाले विवाहको बारेमा आफुले केहि नसोचेको जानकारी दिएका छन। यसका साथै अर्जुनले आफुले सत्य बोलिरहेको र आफ्नो कुरामा सत्यता भएको समेत जानकारी दिएका छन।

 

 

 

प्रकाशित : सोमबार, असार २३, २०७६०५:४२

स्वस्तिमाले जितिन सार्क फिल्म फेस्टिवलमा ‘बेस्ट परफर्मर जुरी अवार्ड’ !