यात्रुवाहक बस नाली पल्टियो , २९ जनाको मृत्यु १८ घाइते !

असार २३ , लखनऊदेखि दिल्लीतर्फ जादै गरेको यात्रुवाहक बस सोमवार उत्तर प्रदेशको आगरामा दुर्घटनाग्रस्त भएको छ। दुर्घटनामा परि बसमा सवार २९ जनाको मृत्यु भएको छ भने १८ जना सख्त घाइते भएका छन।

सुत्रको जानकारी अनुसार बस लखनऊबाट दिल्लीको आनन्द विहार तर्फ जादै थियो। त्यसै क्रममा बस अचानक नालीमा पल्टिएर दुर्घटनाग्रस्त हुने पुगेको हो। दुर्घटनामा परी २७ पुरुष , एक बालक र एक महिलाको ज्यान गएको छ। दुर्घटना भएको स्थानमा यात्रु गाडिएको हुन सक्ने भन्दै खोजी कार्य जारी गरिएको छ।

दुर्घटनामा परि घाइते भएका घाइते १८ जनालाई विभिन्न अस्पतालमा उपचारका लागि लगिएको छ भने मृत्यु भएका  सनाखत भईसकेको र केहिको हुन बाँकी नै रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा परि मृत्यु भएका  यात्रुको परिवारलाई पाँच पाँच लाखको आर्थिक सहायता दिने र घाइते भएकाहरुको उपचार खर्च पनि सरकारले नै व्यहोर्ने घोषणा सरकारले गरेको छ।

 

 

 

प्रकाशित : सोमबार, असार २३, २०७६०९:१६

ओखलढुङ्गामा रात्रीबस दुर्घटना ३ जनाको मृत्यु ५ जनाको अवस्था गम्भीर !