यी हुन् बिदेशी भूमिमा जन्मिएर पनि बलिउडमा सफल भएका ५ अभिनेत्रीहरु !

बलिउडमा केहि यस्ता सफल अनि स्थापित अभिनेत्रीहरु पनि छन् जसको जन्म भारतमा नभई अन्य मुलुकमा भएको हो।  तर पनि उनीहरु बलिउड फिल्म उद्योगलाई कर्मथलो सम्झेर नाम दाम अनि इनाम कमाउन सफल छन। केहि अभिनेत्रीहरु पाकिस्तान देखि त केहि अभिनेत्रीहरु युरोपीय देशबाट समेत बलिउडमा भित्रिएका छन। यसै सन्दर्भमा आज हामी बलिउडका बिदेशी ५ अभिनेत्रीको बारेमा कुरा गर्न जादैछौं आउनुहोस

कट्रिना कैफ 

बलिउड खान सलमान खानका साथमा सुपरहिट चलचित्रमा काम गर्ने अभिनेत्री कट्रिना कैफको जन्म भारत नभई अन्य बिदेशी मुलुकमा भएको हो। ब्रिटेनबाट आएको कट्रिनाले सुरुवाती दिनमा फ्लप फिल्म  पनि अन्तत उनि बलिउडका सफल अभिनेत्रीको सुचिमा पर्छिन।  सुरुमा हिन्दि बोल्न र बुझ्न समस्या पर्ने कट्रिना अब भने बोल्न अनि बुझ्न सक्ने भएकी छिन।

जैकलीन फर्नांडिस

बलिउड अभिनेत्री जैकलीन फर्नांडिस पनि बिदेशी हुन्।  मिस श्रीलंकाको जिते पश्चात बलिउडमा प्रवेश गरेकी उनले बलिउडमा १० बर्ष भन्दा बढी समय बिताईसकेकी छिन।  उनले सन् २००९ मा चलचित्र ‘अलादीन’ मार्फत बलिउडमा डेब्यु गरेकी हुन्।

नरगिस फाखरी

नरगिस फाखरीले  इम्तियाज अलीको चलचित्र रकस्टार मार्फत बलिउडमा डेब्यु गरेकी हुन्। रणवीर कपुरका साथमा स्क्रिन शेयर गरेकी नरगिस पहिलो चलचित्रबाटै चर्चित हुन् पुगेकी हुन्।

सबा कमर

पाकिस्तानी अभिनेत्री सबा कमरले चलचित्र हिन्दी मीडियम मार्फत बलिउडमा डेब्यु गरेकी हुन्। पहिलो चलचित्रबाट नै सबैको मन मष्तिस्कमा बस्न सफल सबा हाल चलचित्र क्षेत्रमा खासै सक्रिय छैनन्।

 हेलन

हेलनको जन्म म्यानमार (तब बर्मा ) मा भएको हो।  करियरका लागि भारत छिरेकी हेलेनले सुरुवाती दिनमा कोरस डान्सरको रुपमा काम गरेकी हुन्। हेलनले सलमान खानका पिताका साथमा बिवाह गरेकी हुन्।

 

प्रकाशित : सोमबार, असार २३, २०७६१२:३२

‘म यस्तो गीत गाउँछु २’ मा पुन बाँधिने भयो पल र पुजाको जोडी !