जब महिलाहरुमा बैवाहिक सम्बन्धको कुरा आउछ तब उनीहरु आफु भन्दा बढी उमेरका पुरुषप्रति बढी आकर्षित हुने गर्छन। यस्तो किन त के तपाइले यो बारेमा कहिले सोच्नु भएको छ। महिलाहरु आफुभन्दा बढी उमेरका पुरुषप्रति समझदार र अनुभवी भएकै कारणले इम्प्रेस हुने गर्छन। यसका अलावा अन्य यी कारणले गर्दा अक्सर अधिकांश महिला आफु भन्दा बढी उमेर भएका पुरुषका साथमा डेट गर्न चाहन्छन र संगै जीवन बिताउन पनि आउनुहोस जान्नुहोस यसको पछाडिको करणको बारेमा ,
अनुभवी
बढ्दो उमेर संगै मानिसमा विभिन्न अनुभवको विकास हुदै जान्छ। यसै कारणले बढी उमेर भएका मानिसमा अनुभवका हिसाबले परिपक्व हुनका साथै हरेक कठिन परिस्थितिको सजिलै सामना गर्न सक्ने क्षमता हुन्छ। त्यसै कारणले गर्दा नै महिलाहरु आफूभन्दा बढी उमेरका पुरुषसंग जिन्दगी बिताउने सपना देख्छन।
परिपक्व
उमेर बढेसंगै हरेक मानिस परिपक्व हुदै जानु स्वाभाविक हो। बढी उमेर भएका जो सुकै व्यक्तिमा परिपक्वता र समझदारीपन आउने गर्छ। यति मात्र नभई यी मानिसले हरेक सम्बन्धलाई गम्भीरता पुर्वक लिने गर्दछन। त्यसैले बढी उमेर भएकासंग लामो समयसम्म आफ्नो सम्बन्ध जोगाईराख्न सकिन्छ।
समझदार
बढी उमेरको पुरुष महिलाको लागि राम्रो लिस्नर पनि हो साथै समझदार पनि। हरेक महिलाहरु आफ्नो हुनेवाला जीवनसाथी समझदार चाहन्छन। त्यसैले यी सब क्वालिटी अलि पाको उमेरको मान्छेमा हुने भएकाले उनीहरु आफु भन्दा केहि परिपक्व पुरुष नै चाहन्छन।
स्वतन्त्र
उमेर बढेसंगै मानिस आफ्नो निर्णय आफै आफै लिन सक्षम ह्हुन्छ। उनीहरुमा आफ्नो निर्णय लिने स्वतन्त्रता हुन्छ। उनीहरुमा घर सम्हाल्ने देखि लिएर अन्यज्ञान हुन्छ जसले गर्दा यस्ता पुरुष प्रति अक्सर महिलाहरु बढी इम्प्रेस हुने गर्छन।
आर्थिक रुपले सक्षम
बढी उमेरका पुरुषहरु आर्थिक रुपले पनि सबल हुन्छन। महिलाको इच्छा पनि आफ्नो श्रीमान हरेक किसिमले सक्षम होस् भन्ने हुन्छ त्यसैले नै उनीहरु आफु भन्दा बढी उमेरको पुरुषसंग चाडै नै आकर्षित हुन्छन।
केयरिङ्ग
बढी उमेरका पुरुष हरेक कुरामा अनुभवी हुनका साथै केयारिंग पनि हुने गर्छन। यस्ता पुरुषहरुले आफ्नी श्रीमतीको माता पिताले जस्तै हेरचाह गर्छन। साथै गल्तिमा सुधार्न आग्रह गर्ने तथा राम्रो कामको प्रसंशा गर्ने तथा हौशला बढाउने काम समेत गर्छन।
यो कुरा सबै महिलामा लागु नभए पनि अधिकांश महिलाहरु यसै कारणले गर्दा आफु भन्दा केहि पाको र अनुभवी पुरुष प्रति आकर्षित हुने गर्छन।