एजेन्सी , जुन २६ देखि प्रदर्शनमा आएको हरर चलचित्र ‘एनाबेल कम्स होम’ पछिल्लो समय बिश्वभर नै चर्चामा रहेको छ। यसै बिचमा थाईल्याण्डमा बस्दै आएका ७७ बर्षिय ब्रिटिश नागरिक बर्नार्ड चैनिंगको चलचित्र हलभित्रै चलचित्र हेर्ने क्रममा मृत्यु भएको छ। छुट्टी मनाउनका लागि थाईल्याण्ड घुम्न आएको अवसरमा चलचित्र हेर्नका गएका बर्नार्डको हल भित्रै मृत्यु भएको हो। जुन कुरा संगै सिटमा बसेकी महिलाले चलचित्र सकिसके पछि मात्र थाहा पाएकी थिइन् ।
महिलाले थाहा पाएर एक्कासी चिच्याउन लागे पछि आसपासका व्यक्तिहरुले प्रहरीलाई खबर गरेका थिए। बर्नार्डको मृत्यु चलचित्रकै कारणले गर्दा भयो या अन्य कारणले भयो भन्ने बिषयमा हालसम्म केहि जानकारी प्राप्त नभएको र खोज अनुसन्धान भईरहेको छ। छैन। यस्तै घटना सन् २०१६ मा आन्ध्र प्रदेशमा पनि घटेको थियो जहाँ ६५ बर्षिय व्यक्तिको चलचित्र ‘द कनज्युरिङ्ग २’ हेर्ने शिलशिलामा मृत्यु भएको थियो।
चलचित्र ‘एनाबेल कम्स होम’ को कुरा गर्दा यो चलचित्र वास्तविक कथामा आधारित रहेको बताईएको छ। सन् १९७० मा एक महिलाले आफ्नो छोरीको लागि गुडिया किनेर ल्याएकी र केहि दिनपछि गुडिया हिड्न लागेको थियो। एनाबेल नाम गरेकी महिलाको आत्मा गुडिया भित्र पसेको कुरालाई चलचित्रमा देखाईको छ।