यी बिविध स्वास्थ्य समस्याका लागि फाइदाजनक छ जाइफल, यसरी गर्न सकिन्छ प्रयोग !

गरम मसालमा प्रयोग गरिने जाइफल यदाकदा नाम सुन्नु भएकै होला । यो खानाको स्वाद बढाउनमा जति उपयोगी छ त्यति नै स्वस्थ्यका लागि समेत लाभदायक छ । जाइफलमा एन्टी अक्सिडेन्ट प्रसस्त मात्रामा पाइन्छ।  जसले शरीरमा रोगसँग लड्न सक्ने क्षमताको विकास गर्न मदत गर्छ।  यसका साथै जाइफलका  अन्य बिबिध फाइदाहरु समेत रहेका छन। के के हुन् त? एकैछिन चर्चा गरौँ:

सर्दी हुनबाट बचाउछ:

जाइफल सर्दीबाट सजिलै मुक्ति पाउन सकिने अति लाभदायक औषधि हो।  एक ग्लास पानीमा जाइफलको पाउडर मिसाई महका साथमा हरेक दिन सेवन गर्न सकेको खण्डमा मौसम परिवर्तन संगै निम्तने बिभिन्न रोग तथा चिसो र सर्दी हुनबाट सजिलै बच्न सकिन्छ।

टाउको दुखाईका लागि लाभदायक

काँचो जाइफललाई यत्तिकै पिसेर या पानीको  साथमा पिसेर लेप बनाई टाउकोमा लगाई हल्कासंग मसाज गर्नाले टाउको दुख्ने समस्याबाट छिट्टै नै छुटकारा पाउन सकिन्छ।

पाचनका लागि लाभदायक

जाइफलको सेवनले पाचन सम्बन्धि हरेक समस्याबाट छुटकारा दिन्छ। अदुवा,अलैची र अलिकति जाइफल मिसाई बनाईएको चियाको सेवन गर्नु स्वास्थ्यका लागि फाइदाजनक रहेको छ।  यसले पेट फुल्ने, अपच हुने जस्ता समस्याहरुलाई क्षणभरमा नै मुक्ति दिलाउन मदत गर्दछ।

छाला सम्बन्धी समस्या

जाइफलमा पाइने एन्टीसेप्टिक तथा एन्टी इन्फ्लेमेंटरी गुणले गर्दा यसको प्रयोगले छाला सम्बन्धी देखिने हरेक समस्याबाट छुटकारा पाउन सकिन्छ। यसको पाउडर दुधमा मिसाई अनुहारमा लगाएको  खण्डमा अनावश्यक दाग , धब्बा , चाउरीपन तथा अन्य छाला समबन्धी समस्याबाट मुक्ति पाउन सकिन्छ।

शारीरिक दुखाई कम गर्न

जाइफलको पाउडर तेलमा मिसाई शरीरमा लगाएमा हाड जोर्नी तथा माम्शपेशीको दुखाई कम गर्न सकिन्छ।

हाडजोर्नी लागि फाइदाजनक

जाइफल हाडजोर्नीको समस्या भएकाहरुका लागि समेत प्रभावकारी रहेको छ। जाइफलको तेल र बदामको तेल मिसाएर लगाउने गर्नाले यसबाट राहत पाउन सकिन्छ।

दमका लागि

जाइफलको पाउडरको साथमा केहि मात्रामा मह मिसाई सेवन गर्न सकेको अवस्थामा दम , खोकी जस्ता रोगबाट सजिलै बच्न सकिन्छ।

प्रकाशित : बुधबार, असार २५, २०७६१२:३४

फलफूल या तरकारीमा बिषादीको प्रभाव कम कसरी गर्ने ? यस्ता छन् घरेलु उपाय !