पछिल्लो समय दैनिक रुपमा प्रयोग गरिने तरकारी या फलफूलमा अत्याधिक मात्रामा बिषादीको प्रयोग गर्ने प्रचल बढ्दो क्रममा रहेको छ। बिदेशी मुलुकबाट बाहिरबाट आयातित तरकारी या फलफुलमा मात्र नभई नेपालभित्रै उत्पादन हुने तरकारी र फलफूलमा अधिक मात्रामा बिषादीको प्रयोग गर्ने गरिएको विभिन्न खोज अध्ययनले देखाएको छ। बिषादी प्रयोग गरिएका खानेकुराको सेवनबाट मनिसहरुले दिनानुदिन आफ्नो आयु छोटयाउदै गईरहेका छन। तर बिषादी प्रयोग गरिएका फलफुल एवम तरकारी भए पनि त्यसको प्रभावबाट जोगिनका लागि घरमा नै यी उपायहरु अपनाउन सकेको खण्डमा बिषादीयुक्त फलफुल तथा तरकारीको सेवनबाट हुन सक्ने समस्याबाट केहि हदसम्म छुटकारा पाउन सकिन्छ। आउनुहोस तरकारी या फलफुललाई घरमै बसेर बिषादीयुक्त बनाउने केहि उपायका बारेमा चर्चा गरौँ।
– बेगले खस्ने धाराको पानीमा तरकारी या फलफूललाई कम्तिमा पनि ३ पटकसम्म धुनाले त्यसमा रहेको ५० देखि ६० प्रतिशत बिषादी पखालिएर जाने कुरा अध्ययनले बताएको छ।
– बिषादीमुक्त बनाउनका लागि जहिले पनि फलफुल तथा तरकारीको बाहिरको बोक्रा केलाएर मात्र प्रयोग गर्नुपर्ने हुन्छ किनकि अधिकांश फलफूलको बोक्रामा बिषादीको मात्रा रहेको हुन्छ। बिशेसज्ञका अनुसार कतिपय फलफूलको बोक्रा सेवन गर्नु स्वास्थ्यका लागि फाइदाजनक हुने बताए पनि आवश्यकता र गुणस्तर हेरी त्यस्ता फलफुल तथा तरकारीको सेवन गर्नु पर्दछ।
-सकेसम्म मौसमी तरकारी या फलफुल खानमा जोड दिनुपर्छ किनकी बेमौसमी तरकारीमा आवश्यक भन्दा बढी मात्रामा बिष बिषादीको प्रयोग गरिएको हुन्छ जसले स्वास्थ्यमा गम्भीर समस्या निम्त्याउनुका साथै अन्य जोखिम बढाउछ।
-मनतातो पानीमा अलिकति नुन राख्ने र करिब १५ मिनेट जति सो नुनपानीमा तरकारी भिजाएर छोडिदिनाले पनि तरकारी या फलफुलमा प्रयोग गरिएको बिषादीको मात्रा केहि मात्रामा कम गर्न सकिन्छ।
-यदि नुनको प्रयोग गर्न मन नलागेको खण्डमा भिनेगर र पानीमा तरकारीलाई डुबाएर केहि बेरका लागि छोडिदिन पनि सकिन्छ।
यसरी माथि उल्लिखित यी सामान्य घरेलु उपाय अपनाएर पनि तरकारी या फलफुलमा प्रयोग गरिएका बिषादी कम गर्न सकिन्छ। बेलैमा सचेत रहौं, स्वस्थ रहौं !