भोली हरिशयनी एकादशी या चतुर्मास ब्रत आरम्भ यस्ता काम गर्नाले हुने छ नसोचेको लाभ, हेर्नुहोस !

असार महिनाको  शुल्क पक्षको एकादशी तिथिलाई  हरिशयनी एकादशी भन्ने गरिन्छ। साथै यसलाई देवशयनी एकादशी तथा पद्मा एकादशी पनि भन्ने गरिन्छ। यस बर्षको हरिशयनी एकादशी असार २७ गते शुक्रवारको दिन परेको  छ। यसै दिन हिन्दु धर्मावलम्वीहरुले आफ्नो घरमा तुलसीको मठमा तुलसी रोप्ने समेत गर्दछन। हरिशयनी एकादशी कै दिन देखि चतुर्मास ब्रत आरम्भ हुने गर्दछ।

हिन्दु धर्ममा हरिशयनी एकादशीको प्रमुख महत्व रहेको छ यस दिन ब्रत उपवास गरि भगवान बिष्णुको पुजा आराधना गर्नाले मनले चिताएका हरेक मनोकामना पुरा हुने साथै सम्पूर्ण पाप नाश हुने मान्यता रहेको छ। हरिशयनी एकादशी ब्रत दशमी तिथिको रातीबाट हुने गर्छ।  एकादशीको ब्रत लिन चाहनेहरुले दशमी तिथिको राती देखि नि भोजनमा नुनको प्रयोग गर्नु हुदैन।

भोलीपल्ट बिहानै प्रात कालमा उठी शुद्ध भई नुहाईधुवाई गरि भगवान बिष्णुलाई  षोडशोपचारका सहित पुजन गर्नुपर्दछ। पुजा सकिसके पछि भगवानलाई धुप, दीप,  पुष्प सहित पुजा गर्नु आवश्यक छ। यस पश्चात भगवानको मन्त्र जप गर्नु पर्दछ।  यसका अतिरिक्त ब्रतालुहरुले शास्त्रमा बताई अनुसारको सामान्य नियमको पालना गर्नु अझै लाभदायक रहने छ।

हरिशयनी एकादशीका दिनबाट भगवान बिष्णुले ४ महिना सम्म शयन गर्ने भएकाले यस दिनलाई हरिशयनी एकादशी भनिएको हो। यस अवधिमा श्री हरिहर ४ महिना पातालमा निवास गर्नेछन। हरिशयनी एकदशीको चार महिना पश्चात हरिबोधनी एकादशीका दिनमा भगवान बिष्णु पुन जाग्ने धार्मिक मान्यता रहेको छ।

यस ब्रतको अर्थ मानिसलाई धर्मको मार्ग प्रति चल्ने प्रेरणा दिने र अनुसाशनमा बाँध्नु नै हो।

 

 

 

प्रकाशित : बिहिबार, असार २६, २०७६०८:४२

चन्द्रग्रहणको प्रभावबाट बच्नका लागि राशी अनुसार अपनाउनुहोस् यी उपाय !