भोलि बिक्रम संवत २०७६ साल असार महिनाको २७ गते शुक्रवार इश्वी संवत २०१९ जुलाई १२ तारिख, भोलि हरिशयनी एकादशी अर्थात् चतुर्मास ब्रतारम्भ ,तपाईको दिन कसरी बित्ला हेर्नुहोस तपाईको भोलिको राशिफल !
मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
नयाँ बश्त्रभुषण खरिद गर्ने समय रहेको छ। साथीभाई र परिवारका साथमा आनन्ददायी समय व्यतित हुनेछ। सामजिक रुपमा मान प्रतिष्ठामा वृद्धि भएर जानेछ। तर मध्यान्ह पश्चात भने मनमा नकारात्मक कुराहरुले छाया बनेर पछ्याउने छ। अनावश्यक खर्चको मात्रामा वृद्धि भएर जानेछ। स्वास्थ्यमा बिशेष ख्याल राख्नु पर्नेछ।
वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)
व्यापार व्यवसाय गर्नेहरुका लागि भोलिको दिन लाभदायी रहेको छ। पारिवारिक माहोल शान्तिपूर्ण रहनेछ। छोटो तर अविष्मरणीय यात्रा हुने सम्भावना रहेको छ। प्रतिष्पर्धीका बिचमा विजय हासिल गर्ने समय रहेको छ। स्वादिष्ठ भोजनको अवसर मिल्नेछ।
मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,ह)
नया कार्यको शुभारम्भ गर्ने उपयुक्त समय रहेको छैन। बौद्धिक कार्यमा खासै सफलता मिल्ने छैन। सन्तान सुख मिल्ने छैन। तर मध्यान्ह पछि भने बिग्रिएका हरेक कार्यहरु सफल भएर जानेछ। आर्थिक लाभ हुनेछ। यश किर्तीमा वृद्धि भएर जानेछ। आर्थिक लाभको सम्भावना रहेको छ। स्वास्थ्य अनुकुल रहेको छ।
कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)
शारीरिक तथा मानसिक अस्वस्थताको शिकार भइने छ। सकेसम्म भोलिको दिन यात्रामा नानिस्क्दा नै राम्रो होला। माताको स्वास्थ्य सम्बन्धी समस्याले चिन्ता बढाउने छ। मन अस्थिर रहने छ। मध्यान्ह पश्चातको समयमा भने कार्यमा सफलता मिल्नेछ। स्वास्थ्यमा सुधार भएर जानेछ।
सिंह (म,मि,मु,मे,मो,ट,टि,टु,टे)
धार्मिक यात्रा हुने सम्भावना रहेको छ। नयाँ कार्या हात लागि भएर जानेछ। विदेशस्थित आफन्तजनको तर्फबाट शुभ समाचार सुन्ने अवसर मिल्नेछ। स्वास्थ्य सामान्य रहनेछ। अनावश्यक धन खर्च भएर जानेछ। समग्रमा भोलिको दिन तपाईका लागि मध्यम फलदायी रहनेछ।
कन्या (टो,प,पी,पु,ष,ण,ठ,पे,पो)
निर्णय क्षमता कमजोर हुनाले कुनै पनि कार्यमा सोचे अनुरुप सफलता पाइने छैन। अनावश्यक झैँ झमेलामा फस्ने सम्भावना रहेको छ। स्वास्थ्य मध्यम रहेको छ। मध्यान्ह पछि यात्रामा निस्कने सम्भावना रहेको छ। परिवारका साथमा बसेर उचित निर्णय लिने समय रहेको छ। भाग्योदय भएर जानेछ।
तुला (रा,री,रु,रे,रो,त,ति,तु,ते)
दृढ आत्मविश्वासका साथमा कार्य गर्नाले नसोचेको लाभ हुनेछ। स्वास्थ्यमा बिशेष ध्यान दिनु पर्नेछ। मनोरन्जनात्मक कार्यको पछाडी धन खर्च भएर जानेछ। परिवारका साथमा सामान्य मनमुटावको स्थित सिर्जना हुन सक्ला। ठुलाबडाको आशिर्वाद लिएर नयाँ कार्यको थालनी गर्दा बिशेष लाभ हुने देखिन्छ।
वृश्चिक (तो,ना,नि,नु,ने,नो,य,यी,यु)
धार्मिक तथा आध्यात्मिक क्षेत्रमा मन लगाउनाले मानसिक शान्ति प्राप्त हुनेछ। मनमा नकारात्मक भाव पैदा हुन नदिनु होला। स्वास्थ्यमा समस्या देखिन सक्ला ध्यान दिनुहोला। आत्मविश्वासमा वृद्धि भएर जानेछ। पढाई लेखाईको क्षेत्र सामान्य रहेको छ।
धनु (ये,यो,भ,भि,भु,ध,फ,ढ,भे)
आय आर्जनमा वृद्धि भएर जानेछ। सामाजिक एवम परोपकारी कार्यमा सहभागी हुने अवसर मिल्नेछ। सामाजीक एवम सार्वजनिक क्षेत्रमा मान प्रतिष्ठामा वृद्धि भएर जानेछ। स्वास्थ्यमा सामान्य समस्या देखिन सक्ला। आयको तुलनामा खर्चको मात्रामा वृद्धि भएर जानेछ। बोल्दा विचार पुर्याउनु पर्नेछ।
मकर (भो,ज,जी,जु,जे,जो,ख,खि,खु,खे,खो,ग,गी)
आर्थिक कारोवारका लागि भोलिको दिन शुभ रहेको छ। व्यापार व्यवसायको क्षेत्रमा सफलता मिल्नेछ। नोकरीमा पदोन्नतिको योग रहेको छ। पारिवारिक वातावरण सुखमय रहनेछ। सामाजिक तथा आर्थिक क्षेत्रमा लाभ हुने देखिन्छ।
कुम्भ (गु,गे,गो,स,सी,सु,से,सो,द)
व्यापार व्यवसायमा सोचे अनुरुपको लाभ मिल्ने छैन।स्वादिष्ट भोजनको अवसर मिल्नेछ। सन्तान सुख मिल्ने छैन। लामो यात्रा हुने सम्भावना रहेको छ। धार्मिक यात्रा हुनेछ। पारिवारिक वातावरण सुखमय रहनेछ। स्वास्थ्य सामान्य रहनेछ। समग्रमा कुम्भ राशी हुनेहरुका लागि भोलिको दिन मध्यम फलदायी रहनेछ।
मीन (दी,दु,थ,झ,ञ,दे,दो,च,ची)
रिसलाई काबुमा राख्न सकेको खण्डमा बिशेष लाभ हुने देखिन्छ। सकेसम्म अनावश्यक झैँ झमेलामा नाफस्दा नै राम्रो होला। साहित्य लेखनको क्षेत्रमा रुचि बढ्नेछ। शुभ समाचार सुन्ने अवसर मिल्नेछ। व्यापार व्यवसायको क्षेत्र अनुकुल रहेको छ। खानपानको अभावले स्वास्थ्यमा समस्या देखिन सक्ला सावधान रहनुपर्ने छ। पढाई लेखाईको क्षेत्र सामान्य रहेको छ।