यस बर्ष साउन ३१ गते अर्थात् गुरु पुर्णिमाको दिन चन्द्र ग्रहण लाग्दैछ। ज्योतिषका मान्यता अनुसार असार महिनाको गुरु पुर्णिमाको दिनमा लागेको यो चन्द्र ग्रहण १४२ बर्ष पछिको हो।
चन्द्र ग्रहणको समय
चन्द्र ग्रहण असार ३१ अर्थात् १६ जुलाईको मध्यराती १ बजेर ४७ देखि सुरु भई बिहान ४ बजेर मिनेटमा समाप्त हुनेछ। तथापी चन्द्र ग्रहणको सुटक काल भने ९ घण्टा अगाडी देखि नै लाग्ने ज्योतिषहरुले बताएका छन। जुन जुलाई १६ को दिउँसो ४ बजेर ४६ मिनेटदेखि सुरु हुनेछ।
आजभन्दा १४९ बर्ष पहिले गुरु पुर्णिमाको दिन लागेको थियो चन्द्र ग्रहण
१२ जुलाई १८७० यानी आजभन्दा करिब १४९ बर्ष पहिले गुरु पुर्णिमा कै दिन चन्द्र ग्रहण लागेको थियो। उक्त समयमा पनि केतु, शनि र चन्द्र धनु राशिमा स्थित रहेको थियो। र सुर्य राहुको साथमा मिथुन राशिमा रहेको थियो।
यस पटकको चन्द्र ग्रहण नेपाल लगायत भारत , अस्ट्रेलिया , यशिया , युरोप तथा दक्षिण अमेरिकामा देखिदै छ।
चन्द्र ग्रहण पश्चात गर्नुपर्ने कार्यहरु ;
-चन्द्र ग्रहण सकिएपछि घरमा शुद्ध गंगाजल छर्कने
-ग्रहण पश्चात नुवाई धुवाई गरि शुद्ध भै भगवानको पुजा आराधना गर्ने
-ग्रहणको अवधिमा गर्भवती महिला सकेसम्म घरबाट बाहिर निस्कनु हुदैन। यदि निस्कने पर्ने बाध्यता भए गर्भको बच्चाको रक्षाको लागि चन्दन र तुलसीको पातको लेप लगाएर निस्कनु पर्दछ।