आज मिति बिक्रम संवत २०७६ साल असार महिनाको ३० गते सोमवार इश्वी संवत २०१९ जुलाई १५ तारिख, तपाईको दिन कस्तो रहला हेर्नुहोस तपाईको राशिफल !
मेष – चु,चे,चो,ला,लि,लु,ले,लो,अ (Aries )
आय आर्जनमा वृद्धि भएर जानेछ। उठ्नु पर्ने ठाउँबाट रकम हात लागि भएर जानेछ। कृषि तथा पशु चौपायको क्षेत्रबाट राम्रै लाभ हुने देखिन्छ। मानसिक व्यग्रताका कारण काममा खासै ध्यान जाने छैन। स्वाथ्य सामान्य रहेको छ। धार्मिक एवम मांगलिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ।
वृष – इ,उ,ए,ओ,वा,वि,वु,वे,वो (Taurus )
शारीरिक अस्वस्थताकाको कारण कार्य सफलताका लागे केहि बिलम्ब हुन सक्छ धैर्य गर्नुहोला। नयाँ कार्यको शुभारम्भ गर्नका लागि समय अनुकुल रहेको छैन। खानपानमा बिशेष ध्यान दिनुपर्ने छ। साथ् दिनेहरुले हात छोड्न सक्छन सावधान रहनुहोला।
मिथुन – का,कि,कु,घ,ङ,छ,के,को,ह (Gemini )
हाँसखेल , मनोरन्जन र घुमघाममा नै समय व्यतित भएर जानेछ। धन आर्जनका लागि प्रसस्तै स्रोतहरु खुलेर जानेछन। सार्वजनिक स्थानमा मान सम्मानमा वृद्धि भएर जानेछ। स्वादिष्ट भोजनको अवसर जुट्नेछ।
कर्कट – हि,हु,हे,हो,डा,डि,डु,डे,डो (Cancer )
अपेक्षा गरे अनुरुप कार्यमा सफलता नमिल्नाले मानसिक हताशा पैदा हुनेछ। पारिवारिक वातावरण सुखमय बित्नेछ। स्वास्थ्य अनुकुल रहेको छ। प्रतिष्पर्धाका बिचमा पनि सफलता हासिल गर्ने समय रहेको छ। अधिक मात्रामा धन खर्च भएर जानेछ। समग्रमा कर्कट राशी भएकाहरुका लागि आजको दिन फलदायी नै रहेको छ।
सिंह – म,मि,मु,मे,मो,ट,टि,टु,टे (Leo )
कलात्मक तथा सिर्जनात्मक कार्यमा सफलता मिल्नेछ। बिद्यार्थीवर्गका लागि पढाई लेखाईको लागि समय अनुकुल रहेको छ। स्वास्थ्य सामान्य रहेको छ। क्रोधलाई काबुमा राख्न सकेको खण्डमा बिशेष लाभ हुने देखिन्छ। आफन्त परिवार तथा साथीभाईका तर्फबाट खासै सहयोग मिल्ने छैन।
कन्या – टो,प,पी,पु,ष,ण,ठ,पे,पो (Virgo)
धार्मिक , सामाजिक एवम परोपकारका कार्यमा मन जानेछ। शारीरिक स्फुर्तिको अभाव रहनेछ। दाम्पत्यजीवनमा मनमुटावको स्थिति सिर्जना हुन सक्नेछ। आर्थिक कारोवार गर्दा सावधानी अपनाउनु पर्नेछ।
तुला – रा,री,रु,रे,रो,त,ति,तु,ते (Libra)
कार्यमा सफलता पाउनका लागि कठिन परिस्थितिको सामना गर्नु परे पनि परिणामस्वरुप कार्यमा सफलता मिल्नेछ। प्रतिष्पर्धाका बिचमा पनि विजय प्राप्त गर्ने समय रहेको छ। अचानक मित्रभेटले मन प्रफुल्लित बनाउनेछ। धार्मिक यात्रा हुने सम्भावना रहेको छ।
वृश्चिक – तो,ना,नि,नु,ने,नो,य,यी,यु (Scorpio)
पारिवारिक असमझदारी बढ्ने छ। बाणी तथा व्यवहारमा संयमित रहनुपर्ने छ। नकारात्मक बिचारले मनमा डेरा जमाएर बस्न सक्छ सावधान रहनुहोला। स्वास्थ्यमा समस्या देखिन सक्छ। बिद्यार्थीवर्गका लागि बिद्या प्राप्तिका लागि अवरोध सिर्जना हुन सक्नेछ। समग्रमा तपाईका लागि आजको दिन सामान्य रहेको छ।
धनु – ये,यो,भ,भि,भु,ध,फ,ढ,भे (Sagittarius)
सरकारी तथा ब्यापारिक क्षेत्रमा आफ्नो बर्चश्व कायम राख्न सकिने छ। निर्धारित समयमा नै सोचे अनुरुप कार्यमा सफलता मिल्ने छ। शारीरिक तथा मानसिक स्वस्थता कायम रहनेछ। परिवारमा मांगलिक कार्यको योजना हुनेछ। आकस्मिक धनलाभ हुनका साथै मान प्रतिष्ठामा पनि वृद्धि भएर जानेछ।
मकर – भो,ज,जी,जु,जे,जो,ख,खि,खु,खे,खो,ग,गी (Capricorn)
धार्मिक एवम आध्यात्मिक कार्यमा रुचि बढ्नेछ। अनावश्यक झैँ झमेलामा फस्ने सम्भावना अधिक रहेको छ। व्यापार व्यवसायको कार्यमा बाधा अड्चन आइपर्ने छ। सामजिक क्षेत्रमा लज्जित हुनुपर्ने स्थिति सिर्जना हुन सक्ला सावधान रहनुहोला। शारीरिक थकान र आलास्यतामा वृद्धि भएर जानेछ। परिश्रम गरे अनुरुप कार्यमा सफलता नमिल्नाले मानसिक चिन्ताले सताउने छ।
कुम्भ – गु,गे,गो,स,सी,सु,से,सो,द ( Aquarius)
व्यवसायका लागि आजको दिन लाभदायक रहेको छ। मित्रभेटले मनमा खुसियाली छाउने छ। नया कार्यको थालनी गर्नका लागि समय उपयुक्त रहेको छ। रमणीय स्थलको यात्रा हुन् सक्ने सम्भावना रहेको छ। वैवाहिक योग रहेको छ। समग्रमा कुम्भ राशिको लागि आजको दिन शुभ फलदायी साबित हुनेछ।
मीन – दी,दु,थ,झ,ञ,दे,दो,च,ची (Pisces)
व्यवसायिक दृष्टिले मिन राशिका लागि आजको दिन लाभदायी रहेको छ। कार्यसफलताका कारण मन प्रफुल्लित हुनेछ। नोकरीमा पदोन्नतिको योग रहेको छ। पिताको तर्फबाट लाभ मिल्नेछ। पारिवारिक वातावरण उल्लासमय रहनेछ। मान प्रतिष्ठामा वृद्धि भएर जानेछ।