यस्ता स्वास्थ्य सम्बन्धी समस्याहरु पनि डिप्रेसनको संकेत हुन् सक्छन, सजक रहनुहोला !

हाम्रो मनमा उत्पन्न हुने कुनै पनि प्रकारको चिन्ता , उत्सुकता , डर आदि मानसिक स्वास्थ्यसंग सम्बन्धित समस्याहरु हुन्।  यस्ता समस्याहरुलाई हामी सामान्य रुपमा लिने  गर्दछौ तर आचानक स्वास्थ्यमा यस्ता परिवर्तन आउनु भनेको डिप्रेसनको संकेत पनि हो।

आउनुहोस् डिप्रेसनका लक्षणहरुमा कस्ता प्रकारका रोगहरु पर्दछन त ?

थाईराइड :

कहिले काही  थाईराइड हुनुलाई पनि डिप्रेसनको लक्षणको रुपमा लिने गरिन्छ। किन कि यसले सिधै मानिसको मुड र जीवनशैलीलाई प्रभावित पर्ने गर्दछ। त्यसैले थाईराइड हुनु डिप्रेसनको एक संकेत हुन सक्ने भएकाले बेलैमा स्वास्थ्य परिक्षण गर्नु आवश्यक छ।

सिफलिस

सिफलिसको समयमा नै औषधि उपचार गरिएन भने यसले नकारात्मक रुपमा मस्तिष्क र स्पाईनल कर्डमा  प्रभाव पर्दछ।  यस्तो अवस्थालाई ‘न्यूट्रोसिफलिस’ पनि भन्ने गरिन्छ। यसमा स्मरण शक्ति कमजोर हुने , मनमा  अनेक दुविधा बढ्ने जस्ता संकेत देखा पर्छन। जुन केहि हद सम्म डिप्रेसनको लक्षण हुनसक्छ, त्यसैले बेलैमा सजक हुनु जरुरी हुन्छ।

​न्यूरोएंडोक्राइन ट्यूमर्स

​न्यरोएंडोक्राइन ट्यूमर’ एक यस्तो अवस्था हो जसले  शरीरमा अनावश्यक रुपमा कोष तथा तन्तुहरुको वृद्धि गर्ने गर्दछ। यो बिषेशत फोक्सो तथा अन्नाशयमा हुने गर्छ। यसले ट्युमरमा कतिको असर गर्छ भन्ने कुरा तपाई कुन अवस्थामा हुनुहुन्छ भन्ने कुरामा निर्भर गर्दछ। जब शरीरमा अत्यधिक मात्रामा एड्रीनलीनको उत्पादन हुन्छ तब यस्तो स्थिति पैदा हुन थाल्छ।र यसको लक्षण पनि लगभग डिप्रेसनको जस्तै हुने गर्दछ जस्तै थकान , मानसिक तनाव आदि।

लाइम डिज़ीज़

यो एक  संक्रामक रोग हो। जुन कुकुर तथा अन्य जनावरमा पाइन्छ। यो  ‘ब्लैकलेग्ड टिक’ को टोकाईबाट  हुने गर्दछ। शुरुमा यस रोगलाई पत्ता लगाउन नसकिए पनि पछि भने यसको लक्षण डिप्रेसन संग मिल्दोजुल्दो रहेको पाईयो।  त्यसैले यस्ता खालको संकेत देखिनु कुनै खतरनाक रोगको संकेत हुन सक्ने भएकाले बिशेष ध्यान दिनु आवश्यक छ।

प्रकाशित : सोमबार, असार ३०, २०७६०९:४४

वर्षाको पानीमा भिज्नाले हुने छ स्वास्थ्यसम्बन्धी यस्ता नसोचेका फाइदाहरु , हेर्नुहोस !