यी हुन् चलचित्र ‘जवानी जानेमन’ का लागि सैफ अलि खानकी नयाँ गर्लफ्रेन्ड !

एजेन्सी , बलिउड अभिनेता सैफ अलि खान पछिल्लो समय चलचित्र ‘जवानी जानेमन’ को छायांकनमा ब्यस्त रहेका छन। केहि समय अघि चलचित्रमा सैफको गर्लफ्रेन्डको भूमिकामा करीना अपोजिट हुने बताईएको भए पनि चलचित्रका लागि नाम चलेको अभिनेत्रीको आवश्यकता नपर्ने र भूमिका थोरै मात्र भएकाले चलचित्रका लागि अभिनेत्री परिवर्तन गरिएको छ।

मिडिया रिपोर्टसका अनुसार चलचित्रमा सैफको गर्लफ्रेन्डको भूमिकामा ‘कबुरा सेट’ को नाम फाइनल गरिएको छ। यस भन्दा पहिले पनि कबुराले सैफका साथमा चलचित्रमा स्क्रिन शेयर गरिसकेकी छिन। हेर्दै जाम चलचित्रमा सैफ र कोबराको रिलेसनले उनको अनस्क्रिन छोरी आलिया फर्निचरवालामा कस्तो प्रभाव पर्दछ।

चलचित्र ‘जवानी जानेमन’ बाट अभिनेत्री पुजा बेदीकी छोरी अलियाले बलिउडमा डेब्यु गर्दै छिन। ज्याकी भागनानी र सैफ अलिद्वारा निर्मित यस चलचित्र नोभेम्बर प्रदर्शनमा आउने छ।

 

 

प्रकाशित : सोमबार, असार ३०, २०७६१०:४७

चलचित्रमा आउनु अघि यस्ता देखिन्थे यी अभिनेत्रीहरु, हेर्नुहोस चिन्नै नसक्ने तस्बिरहरु!