वर्षाको पानीमा भिज्नाले हुने छ स्वास्थ्यसम्बन्धी यस्ता नसोचेका फाइदाहरु , हेर्नुहोस !

बर्सातको मौसम अक्सर अधिकांशलाई मन पर्ने मौसम हो।  जब प्रचण्ड गर्मि संगै बर्षातको मौसमको आगमन हुन्छ तब गर्मिबाट छुटकारा मिल्दछ। यसका साथै कतिपय मानिसहरु बर्सातको समयमा आकाशे पानीसंगै भिज्न रुचाउछन भने कोहि बिरामी हुने डरले पानीदेखि टाढा नै रहने गर्छन। तर के तपाइलाई थाहा छ बर्सातको पानीमा भिज्नाले विभिन्न स्वास्थ्य समस्याबाट बच्न सकिन्छ।

वास्तवमा आकाशबाट परेको पानी हल्का हुने गर्छ भने यसमा क्षारिय गुण हुन्छ। बर्षातको पानीसंगै नुहाउने गर्नाले घमौरा लगायत अन्य समस्याबाट छुटकारा विभिन्न अध्ययनले देखाएको छ। आउनुहोस,

कपाल चम्किलो पार्न मदत 

बर्षाको पानीमा कपाल नुहाउनाले कपाल मुलायम हुनका साथै कालो र आकर्षक  हुन्छ। यसका अलावा  वर्षाकको पानीमा भिज्नाले छाला प्राकृतिक रुपमा सफा हुन्छ र स्वास्थ्यका लागि पनि यो फाइदाजनक रहेको छ।

हर्मोन सन्तुलनमा राख्न 

यदि शरीरमा हर्मोन सन्तुलन बिग्रिएको छ भने बर्षाको पानीमा नुहाउनु आवश्यक छ। भनिन्छ पानीमा भिज्नाले शरीरमा हर्मोको उत्पादन सहि तरिकाले हुने गर्छ। यसका अलावा कानसम्बन्धी समस्याबाट निजात पाउनका लागि समेत पानीमा भिज्नुलाई  लाभदायी मानिन्छ।

घमौराबाट छुटकारा 

अत्याधिक गर्मीका कारण शरीरमा आएको घमौराबाट बच्नका लागि समेत पानीमा भिज्नु आवश्यक छ। पानीमा भिजनले शरीरको तापमान सन्तुलित भई घमौरा आउने समस्याबाट बच्न सकिन्छ।

त्वाचासम्बन्धी समस्याबाट छुटकारा 

बर्षातको पानी त्वाचा र सौन्दर्यका लागि फाइदाजनक रहेको छ।  पानीमा भिज्नाले शरीर , त्वाचा तथा अनुहार प्रभावकारी ढंगबाट सफा गरि अनावश्यक ब्याक्टेरियाबाट समेत बचाऊछ। अझ खास कुरा के हो भने बर्सातको समयमा परेको पानीमा भएको क्षारिय गुणका कारण त्वाचा सम्बन्धी समस्याबाट सजिलै छुटकारा पाउन सकिन्छ।

कुन समय पानीमा रुझ्नु हुदैन 

अधिकांस बर्सात प्रेमीहरु पहिलो पटक आकाशबाट परेको पानीमा रुझ्न रुचाउछन तर चिकित्सकका अनुसार पहिलो पटक परेको पानीमा भिज्नु स्वास्थ्यका लागि हानिकारक रहेको छ। यसले सिर्फ स्वास्थ्यमा समस्या उत्पन्न गराउने मात्र नभई त्वाचा सम्बन्धी समस्या निम्तने सम्भावना रहन्छ। जले गर्दा छालामा अनावश्यक दाग धब्बा देखिने छाला फुस्रो हुने जस्ता समस्या देखिन्छ। यसको पछाडिको कारण पहिलो पटक परेको पानीमा विभिन्न प्रदुषण मिसिएको हुन्छ जसले हाम्रो छालामा सिधै असर पुर्याउने गर्छ।

प्रकाशित : मङ्गलबार, असार ३१, २०७६०९:०७

टाउको दुखाईका लागि पारासिटामोल भन्दा पनि प्रभावकारी पेनकिलर हो बियर, हेर्नुहोस यसका अन्य फाइदाहरु !