१२ बर्षका यी बच्चा जसले १३५ किताब लेखेर बनाए ४ कीर्तिमानी !

कुनै पनि लेख रचनाको सिर्जना गर्नु र लेख्नु यो वास्तवमै सजिलो काम भने पक्कै पनि होइन। एक कुशल लेखक हुनका लागि देश दुनियाको बारेमा जानकारी हुनु पर्छ र शब्द द्वरा तिर प्रहार गर्न सक्ने दक्षता अनि खुबी हुनुपर्छ।  बढ्दो उमेरसंगै आएको परिपक्वताका कारण नै कुनै पनि मानिसले लेख रचनाका मार्फतबाट सबैको ध्यानाकर्षण गर्न सफल हुन्छ।  तर यसैबिचमा एक १२ बर्षिय बालक यसको अपवादको रुपमा खडीएका छन।  जसले १२ बर्सको उमेरमा १३५ ओटा किताब लेखि ४ फरक फरक खालको बिश्व कीर्तिमानी रचिसकेका छन।

जसको नाम मृगेंद्र राज हो उनि अयोध्यामा बस्छन। सानै उमेर देखि लेखनमा रुचि भएका१२ बर्षको उमेरमा नै १३५ किताब आफ्नै हातले लेखेर फरक फरक वर्ल्ड रेकर्ड बनाउन सफल भएका छन। मृगेंद्रले ६ बर्षको उमेरदेखि किताब लेख्न सुरु गरेका हुन्। उनको सबैभन्दा पहिलो किताब कविता संकलन हो। यसका साथै मृगेंद्रले रामायणका ५१  पात्रहरुको विश्लेषण गरि एक किताब पनि लेखेका छन जुन किताबमा २५ देखि १०० पन्नाको रहेको छ।

१२ बर्षको कलिलै उमेरदेखि लेखनमा रुचि भएका मृगेंद्रको पछि गएर एक चर्चित लेखक बन्ने सपना रहेको छ। मृगेंद्र स्कुल टिचर हुन् उनले बताए अनुसार उनलाई सानै देखि पढ्ने लेख्ने काममा निकै नै सौखिन रहेको र आफुले आफ्नो तर्फबाट छोराको लागि सक्दो सहयोग गर्ने समेत प्रतिबद्धता जनाएकी छिन। त्यस्तै उनका पिता एक चिनी कम्पनिमा कार्यरत छन। मृगेंद्र सबै बिषयमा सबै किताबहरु लेख्न चाहन्छन।  आफ्नो लेखन खुबीका कारण नै मृगेंद्र आज अभिमन्युको नामले परिचित रहेका छन।

 

प्रकाशित : मङ्गलबार, असार ३१, २०७६१०:३०

७ फुट लामो अजिंगरसंग सुत्ने यी महिला, डाक्टरको कुरा सुन्दा उड्यो होश !