कत्तिकमा आउने भयो ‘माछा माछा’ !

काठमाडौँ असार ३१ , चर्चित तथा भर्सटायल अभिनेता सौगात मल्ल स्टारर चलचित्र ‘माछा माछा’ को मंगलवार प्रदर्शन मिति संगै फर्स्टलुक सार्वजनिक गरिएको छ।  कार्तिक २९ गतेलाई प्रदर्शन मिति तोकेको ‘माछा माछा’ को सार्वजनिक पोस्टरमा चलचित्रका प्रमुख कलाकारहरुको चरित्र चित्रण गरिएको छ।

शहरिया जीवनमा स्थापित हुन संघर्ष गरिरहेका ३ गाउँले युवाको कथा भनिएको चलचित्रमा सौगात मल्ल , नम्रता श्रेष्ठ , विजय बराल , माओत्से गुरुङ, अनुज पाण्डेका साथै भोलाराज सापकोटा, सरिता गिरी, धुर्व कोइराला, बसन्त भट्ट लगायतका कलाकारहरुको अभिनय रहेको छ।

सिनेमा आर्ट र नौमती इन्टरटेनमेन्टको व्यानरमा निर्मित ‘माछा माछा’ मा रामबाबु गुरुङ र दयाहाङ राईको लगानी रहेको छ भने चलचित्रमा सुनिल गुरुङको लेखन तथा निर्देशन रहेको छ।  यसै गरि चलचित्रमा शिवराम श्रेष्ठको छायांकन ,निमेष श्रेष्ठको सम्पादन र अनुपम शर्माको संगीत संयोजन रहने छ।

 

 

प्रकाशित : मङ्गलबार, असार ३१, २०७६११:१२

‘दबंग ३’ मा एकसाथ २ अभिनेत्रीसंग रोमान्स गर्दै दबंग खान !