कतिपय मानिसहरु बियर पिउन त्यति रुचाउदैनन् तर के तपाइलाई थाहा बियरको सेवनले स्वास्थ्यमा देखिएका केहि समस्याहरुबाट निजात पाउन सकिन्छ। यति मात्र नभई बियरको सेवनले टाउको दुखाई कम गर्न मदत गर्दछ। एक अध्ययनका अनुसार बियरको सेवन टाउको दुखेको बेलामा पारासिटामोल भन्दा पनि प्रभावकारी पेनकिलर साबित हुन् सक्छ।
फाइदा
४०० मानिसमा गरिएको एक अध्ययनमा पारासिटामोल भन्दा प्रभावकारी रुपमा बियरले टाउको दुखाईबाट छिट्टै नै छुटकारा पाउन सकिने देखाएको छ। बियरले ब्रेन रिसेप्टर्सको रुपमा काम गर्ने भएकाले यसले मानसिक तनाव र टाउको दुखाईबाट राहत दिलाउछ।
सोधकर्ताका अनुसार २ गिलास बियर पिउनाले टाउको दुखाईको समस्याबाट २५% राहत पाउन सकिन्छ। साथै यसको तुलना कोडेन तथा ओपिआयड ड्रग्ससंग गरिने भएकाले यसले पारासिटामोलको रुपमा टाउको दुखाईबाट आराम दिलाउछ।
तनाव कम गर्नका लागि
यदि रगतमा ०.८ % अल्कोहलको मात्रा भएको खण्डमा विभिन्न मानसिक तनाव र दुखाईबाट आराम मिल्दछ। यहासम्मकी यसको सेवनले हृदयघात तथा डिप्रेशन जस्ता समस्याबाट पनि मुक्ति पाउन सकिन्छ।
बियर पिउनुका अन्य फाइदाहरु ;
मृगौलाको पत्थरी
मृगौलाको पत्थरी भएकाहरुका लागि हप्तामा एक बोतल बियर पिउनु फाइदाजनक रहेको छ। यसको सेवनले पत्थरी युरिनको माध्यामबाट बाहिर आउछ।
रक्त संचार
हप्तामा दुई पटक डार्क बियरको सेवन गर्नाले रक्तसंचार नियमित हुन्छ, जसले विभिन्न स्वास्थ्यसम्बन्धी समस्याबाट राहत पाउन सकिन्छ। यसका अलावा बियरको सेवनले रोग प्रतिरोधात्मक क्षमताको वृद्धि गर्नमा समेत सहयोग पुर्याउछ।
अल्जाइमर
अत्याधिक कामको प्रेशरले गर्दा आजभोली मानिसहरु अल्जाइमर रोगले ग्रसित हुन थालेका। हप्तामा कम्तिमा पनि एक पटक बियरको सेवन गर्नाले अल्जाईमर तथा अन्य मष्तिस्कसंग सम्बन्धित समस्याबाट छुटकारा पाउन सकिन्छ।
पाचन शक्ति
बियरमा हुने फाइबर तत्वले पेटबाट अनावश्यक बिषालु पदार्थ बाहिर निकाल्न मदत गर्दछ। जसले पाचन शक्ति मजबुत बनाउन सहयोग गर्दछ।
यसो हो भन्दैमा बियर तथा अन्य पेयपदार्थको हदभन्दा बढी सेवन गर्नु भने हुदैन।
यो कुरा पनि ख्याल गर्नुहोस, मध्यपानको सेवन स्वास्थ्यका लागि हानिकारक छ !