वजन कम गर्नका लागि ग्रीन टि को सेवन गर्ने सहि तरिका, जानिराखौं !

ग्रीन टि अर्थात नेपालीमा यसलाई हरियो चिया पनि भन्ने गरिन्छ।  यो आजभोली अनावश्यक मोटोपन कम गर्ने एक प्रभावकारी पेय पदार्थ समेत बन्न पुगेको छ।  हरेक दिन बिहान उठे पश्चात चियाका अलावा ग्रिन टि को सेवन गर्नाले पेट सम्बन्धि तथा अनावश्यक मोटोपनको समस्याबाट मुक्ति पाउन सकिन्छ।

ग्रीन टि मा प्रसस्त मात्रामा एन्टीअक्सिडेन्ट र भिटामिन सी जस्ता पदार्थ पाइन्छ। जसले हाम्रो शरीरमा भएको बिषालु पदार्थलाई नष्ट गरि रोग प्रतिरोधात्मक क्षमतामा समेत वृद्धि गर्दछ। साथमा मोटोपन कम गर्नका लागि पनि यसले सहयोगी भूमिका निर्वाह गरेको हुन्छ।

ग्रीन टि ले कसरी मोटोपन कम गर्न मदत गर्छ त

ग्रीन टि को सेवन गर्नाले शरीरको मेटाबोलिज्म वृद्धि बिकासमा बिशेस सहयोग गर्दछ।  जुन अनावश्यक मोटोपन हटाउने एक उत्कृष्ट बिकल्प समेत हो।  सन् २०१० मा गरिएको एक अध्ययन अनुसार ग्रीन टि मा पाइने कफिन तथा केटचीनले द्रुततर गतिमा शरीरको मोटोपन घटाउन मदत गर्छ।  नियमित ब्यायाम र हरिया सागपातको सेवन गरेर पनि मोटोपन घटाउन सकिन्छ तर त्यो भन्दा पनि अझै प्रभावकारी ग्रीन टि नै रहेको जनाएको छ।

कति मात्रामा ग्रीन टिको सेवन गर्नु लाभदायक

दिनमा कम्तिमा पनि ३ / ४ कप ग्रीन टि को सेवन गर्नु लाभदायक रहेको छ।  किनकि सोहि मात्रामा हरेक दिन ग्रीन टि सेवन गर्न सकेको खण्डमा छिटो भन्दा छिटो शरीरको अनावश्यक मोटोपन घटाउन सकिन्छ।

ग्रीन टि बनाउने सहि तरिका

सर्वप्रथम कुनैभाडोमा एक ग्लास सफा पानी उमाली ग्रीन टि को पत्ता मिसाई एक छिन छोपेर राख्नु पर्दछ।  यस पश्चात केहि छिन ग्रीन टि पानीमा मिलिसके पछि सेवन गर्न सकिन्छ।  साथै तयारी उक्त ग्रीन टि मा केही मात्रामा मह मिसाएर समेत पिउन सकिन्छ।

कस्तो प्रकारको ग्रीन टि को सेवन गर्ने?

बजारमा ग्रीन टि विभिन्न प्रकारका पाइने गरिन्छ।  ति सबैको एकै उदेश्य केवल वजन घटाउनु नै हो त्यसैले बजारमा उपलब्ध जुन सुकै ब्रान्डेड ग्रीन टि को पनि सेवन गर्न सकिन्छ।

वजन घटाउनका लागि सबै भन्दा उपयुक्त

लामो समयदेखि मोटोपन घटाउने सोचमा रहेका हरुका लागि ग्रीन टि को सेवन बरदान सावित हुन सक्छ।  बिशेषज्ञका अनुसार बिहान , बेलुका दिनमा २ पटक यसको सेवन गर्नुलाई राम्रो मान्ने गर्छन। रातको समयमा निन्द्रा अनाउने समस्या भएका हरुका लागि भने रातको समयमा ग्रीन टि को सेवन नगर्दा नै उचित हुनेछ।

प्रकाशित : बुधबार, साउन ०१, २०७६११:०७

यस्ता सामान्य गल्तीका कारण गुम्न सक्छ आँखाको ज्योति होस् गर्नुहोस !