भोलि मिति बिक्रम संवत २०७६ साल श्रावण महिनाको २ गते बिहिवार इश्वी संवत २०१९ जुलाई १८ तारिख, काठमाडौँमा सुर्योदय बिहान ५ बजेर २० मिनेटमा हुनेछ भने सुर्यास्त साँझ ६ बजेर ५९ हुनेछ। आउनुहोस हेर्नुहोस तपाईको भोलिको राशिफल !
मेष – चु,चे,चो,ला,लि,लु,ले,लो,अ (Aries )
परिवारजनको इच्छा आकांक्षा परिपूर्ति गर्न सकिने छ। सरकारी क्षेत्रबाट लाभ मिल्नेछ। कार्यभार बढेर जानेछ। शारीरिक थकान र मानसिक तनावले साथ छोड्ने छैन। माताको तर्फबाट अधिक लाभ मिल्नेछ। समग्रमा मेष राशी भएकाहरुका लागि भोलिको दिन मिश्रफलदायी रहेको छ।
वृष – इ,उ,ए,ओ,वा,वि,वु,वे,वो (Taurus )
आकस्मिक धनलाभ भएर जानेछ। पारिवारिक सुख समृद्धिको अनुभूति हुनेछ। नया कार्य गर्ने प्रेरणा मिल्नेछ। बैदेशिक यात्रा लाभदायक रहेको छ। ब्यापारमा वृद्धि हुनेछ। आर्थिक लाभको सम्भावना रहेको छ। स्वास्थ्य मध्यम रहेको छ।
मिथुन – का,कि,कु,घ,ङ,छ,के,को,ह (Gemini )
हाँसखेल , मनोरंजन र घुमफिरमा नै समय व्यतित हुनेछ। रमणीय र सुखद यात्राको योग रहेको छ। अनावश्यक क्षेत्रमा अधिक खर्च हुने सम्भावना रहेको छ। सहयोगीहरुले हात छोड्न सक्लान संयम रहनुहोला। मनमा नकारात्मक भाव पैदा हुन नदिनु होला।
कर्कट – हि,हु,हे,हो,डा,डि,डु,डे,डो (Cancer )
खर्चको मात्रा बढ्नाले आर्थिक संकटको सामना गर्नु पर्नेछ। भौतिक साधनको क्षति हुन सक्ला ध्यान पुर्याउनुहोस् । व्यापार व्यवसायमा बिशेष लाभ मिल्ने देखिन्छ। मान प्रतिष्ठामा वृद्धि भएर जानेछ। छोटो दुरीको यात्रा हुन सक्ने सम्भावाना रहेको छ।
सिंह – म,मि,मु,मे,मो,ट,टि,टु,टे (Leo )
नसोचेको आफन्तका साथमा भेट हुनाले मन प्रफुल्लित हुनेछ। बाणी तथा व्यवहारमा संयमित रहनाले बिशेष लाभ हुने देखिन्छ। दैनिक कार्यमा ढिलासुस्ती देखिनेछ। अधिक परिश्रमका बाबजुत कार्यमा कम सफलता मिल्नाले मनमा हताशा भाव पैदा हुनेछ। माताको स्वास्थ्यसम्बन्धी चिन्ताले सताउने छ।
कन्या – टो,प,पी,पु,ष,ण,ठ,पे,पो (Virgo)
आवश्यक र उपलब्धिमुलक यात्राको सम्भावना रहेको छ। सकारात्मक र व्यवहारिक विचारको विकास हुनेछ। आकस्मिक धन खर्च हुने सम्भावना रहेको छ। आर्थिक कारोवार गर्दा बिशेष सावधानी अपनाउनु पर्नेछ। पढाई लेखाईमा प्रगति हुनेछ।
तुला – रा,री,रु,रे,रो,त,ति,तु,ते (Libra)
नयाँ कामसम्बन्धी योजना बनाउदा बिशेष फाइदा हुने देखिन्छ। व्यापार व्यवसायबाट पनि लाभ मिल्ने देखिन्छ। शारीरिक स्फूर्तिको अभाव रहनेछ। माताको स्वास्थ्य सम्बन्धी समस्याले सताउने छ। यश किर्तीको हानी हुने सम्भावना रहेको छ सजक रहनुहोस।
वृश्चिक – तो,ना,नि,नु,ने,नो,य,यी,यु (Scorpio)
स्वास्थ्यमा अचानक समस्या देखिन सक्नेछ। चोटपटकको सम्भावना रहेकाले बचेर हिड्नु होला। नया कार्यको थालनी गर्ने शुभ समय रहेको छ। कार्यमा सफलता मिल्नेछ। आर्थिक लाभ हुनका साथै भाग्योदय हुने सम्भावना रहेको छ। छोटो दुरीको यात्रा हुने सम्भावना रहेको छ।
धनु – ये,यो,भ,भि,भु,ध,फ,ढ,भे (Sagittarius)
बिसिष्ट व्यक्तित्वहरुका बिचमा घनिष्ठता बढ्ने छ। बोलीले अरुलाई प्रभावित परेर काम बनाउने समय रहेको छ। परिवारका साथमा अनावश्यक झैँ झमेलाको स्थिति सिर्जना हुन सक्ला संयम रहनुहोला। कार्यभार बढेर जानेछ। बिना काममा खर्च भएर जानेछ।
मकर – भो,ज,जी,जु,जे,जो,ख,खि,खु,खे,खो,ग,गी (Capricorn)
धार्मिक , सामाजिक एवम परोपकारका क्षेत्रमा लगानी बापत राम्रो प्रतिफल प्राप्त हुनेछ। कृषि चौपायको क्षेत्रमा पनि लाभ मिल्ने देखिन्छ। नोकरीमा पदोन्नति हुने योग रहेको छ। पारिवारिक वातावरण उल्लासमय रहने छ।
कुम्भ – गु,गे,गो,स,सी,सु,से,सो,द ( Aquarius)
आफन्त तथा मित्रजनका तर्फबाट उपहार पाइने छ। आय आर्जनका नया स्रोतहरु प्रसस्त खुलेर जानेछन। आतिथ्य सत्कार पाइने छ। रिसलाई काबुमा राख्न सकेको खण्डमा लाभ मिल्ने देखिन्छ। स्वास्थ्य सामान्य रहेको छ।
मीन – दी,दु,थ,झ,ञ,दे,दो,च,ची (Pisces)
स्वास्थ्यमा समस्या देखिने छ। परिश्रम गरे अनुरुप कार्यमा सफलता पाइने छैन। केहि बाध्यात्मक परिस्थितिको सम्झौता गर्नु पर्नेछ। शत्रु परास्त भएर जानेछ। सामाजिक तथा पारिवारिक वातावरण सुखमय रहने छ। यात्राको सम्भावना रहेको छ।