यस्ता सामान्य गल्तीका कारण गुम्न सक्छ आँखाको ज्योति होस् गर्नुहोस !

आँखा हाम्रो शरीरको सबैभन्दा महत्वपुर्ण अंग हो।  हुन त फरक फरक कार्यप्रणाली अनुसार शरीरका सबै अंगको महत्व उतिकै छ तथापी आँखाको सहयोगले हामी वरपरका राम्रा नराम्रा सबै बस्तुहरुलाई देख्न सक्छौ। बदलिदो जीवनशैली र व्यस्तताका  बाबजुत हामीले आँखाको त्यति स्याहार गर्दैनौ जति गर्नु पर्ने हो। कुनै पनि सामग्रीमा लगातार हेर्नाले आँखाको ज्योति जान सक्ने सम्भावना रहन्छ।

यसै सन्दर्भमा आज हामी आँखा कमजोर हुने यी सामान्य गल्तीहरूका बारेमा बताउन जादै छौँ , आउनुहोस

आँखाको चेकजाँच 

आँखामा कुनै पनि समस्या नदेखी तापनि यसको नियमित रुपमा चेकजाँच भने गराईराख्नु आवश्यक छ। चस्माको प्रयोग गर्ने व्यक्तिहरुले भने नियमित रुपमा आँखको  साथै चस्माको पावर चेक गर्नु आवश्यक छ।

 रातमा आई मेकअप हटाउने   

अधिकांश मानिसहरु आफ्नो आँखालाई आकर्षक देखाउनका लागि आँखामा मेकअप गर्ने गर्छन। यसका लागि आईलाइनर, गाजल , आई शैडो जस्ता सामग्रीको प्रयोग गर्ने गरिन्छ जसलाई सुत्नु भन्दा अगाडी राम्रो संग सफा गर्नु पर्दछ। जसले गर्दा आँखामा कुनै पनि खालको प्रभाव पर्न जादैन।

अरुको चस्मा नलगाउने 

कुनै बेला झुक्किएर या जानाजान अरुको चस्मा लगाउनाले पनि आँखामा समस्या देखिन सक्छ। किनकि फरक फरक व्यक्तिको चस्माको नम्बर पनि फरक फरक हुने भएकाले सकेसम्म अरुको चस्मा प्रयोग नगर्दा नै राम्रो हुन्छ।

ब्रान्डेड आइमेकअप 

आइमेकअपको प्रयोग गर्दा जहिले पनि ब्रान्डेड खालको प्रयोग गर्नु पर्दछ। सस्ता र कमसल प्रोडक्टले आँखामा विभिन्न समस्या निम्तन सक्छ।

चिकित्सकको सल्लाह बेगर आइड्रप हाल्नु

कतिपय मानिसहरु आँखामा केहि समस्या आउने बित्तिकै चिकित्सकको परामर्श बिना नै आईड्रप हाल्ने गर्छन। जसले गर्दा आँखाको समस्या कम हुनको साटो एलर्जी हुने सम्भावना रहन्छ।

 

 

प्रकाशित : बिहिबार, साउन ०२, २०७६१०:४९

१० दिनमा आँखाबाट चस्मा हटाउने घरेलु उपायहरु , प्रयोग गरेर हेर्नुहोस !