राती सुत्नु अघि यी खानेकुराको सेवन हुन सक्छ हानिकारक ! हेर्नुहोस

हामी आफुलाई स्वस्थ राख्नका लागि स्वास्थ्यमा बिशेष ख्याल राख्ने गर्छौं । स्वास्थ्यमा अनावश्यक समस्या निम्तन नदिनका लागि हर प्रयास गर्छौं र खानपानमा पनि उत्तिकै सजक रहने गर्छौं।  तर शरीरलाई स्वस्थ राख्ने बाहानामा कतिपयको आदत सुत्नुभन्दा अघि खानेकुराको सेवन गर्ने हुन्छ जुन स्वास्थ्यका लागि अत्यन्तै हानिकारक रहेको छ। आउनुहोस जनिराखौ कुन कुन कुरा सुत्नु भन्दा अगाडी सेवन गर्नु हानिकारक छ।

-राती सुत्नु भन्दा अघि ग्रीन टि को सेवन स्वास्थ्यका लागि हानिकारक रहेको छ। किनकि यसमा रहेको कफिनले  निन्द्रा नपर्ने समस्या आउन सक्छ।

-सुत्नु भन्दा अघि चिकेन या प्रोटिनयुक्त खानेकुरा पनि सकभर नाखादा नै राम्रो हुन्छ। रति सुत्नु अघि प्रोटिनयुक्त खाना खानाले पाचन प्रक्रियामा गडबडी देखिन सक्छ।

-गुलियो , अमिलो तथा पिरो खानेकुराहरु पनि सुत्नुभन्दा अघि सेवन गर्नु स्वास्थ्यका लागि हानिकारक रहेको छ।

-चकलेटमा अत्याधिक मात्रामा कफिन हुने गर्छ, जसले निन्द्रा नपर्ने समस्या निम्तन सक्ने भएकाले सुत्नु भन्दा अघि चकलेट पनि नाखादा नै राम्रो हुन्छ।

-सुत्नुभन्दा अघि वाईनको सेवन गर्नाले टाउको दुख्ने तथा अन्य मानसिक बेचैनीको महसुश हुने भएकाले यस्ता पेय पदार्थको सेवन पनि गर्नु हुदैन।

 

 

 

 

प्रकाशित : आइतबार, साउन ०५, २०७६०९:१२

शरीरमा सेता रक्तकोषको कमि भएको छ? उसो भए गर्नुहोस यी खानेकुराको सेवन !